साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका छन् । पोखरेलको नयाँ औपन्यासिक कृति ‘उर्वरा’ सार्वजनिकीकरण कार्यक्रममा समीक्षा गर्दै उनीहरुले यसमा समेटिएको विषयबस्तु पठनीय भएको जनाए ।
काठमाडौंमा शनिबार नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले नौलो शैलीमा लेखिएकोे उपन्यास उत्कृष्ट भएको जनाए । उपन्यासमार्फत लेखकले नयाँ सन्देश दिन खोजेको शर्माको भनाइ थियो । कथाकार माया ठकुरीले उपन्यासले समाजको यथार्थताको संकेत गरेको जनाइन् । ठकुरीले भनिन्,’ सबै साहित्यकारहरु आनन्दमयी किसिमले एउटै डुंगामा सयर गरिरहेका छन्, तिनीहरुमध्ये उपन्यासकार पोखरेल पनि एक हुन् ।’
समिक्षक अनुपमा रेग्मीले ‘उर्वरा’ शब्दलाई लाक्षणिक रुपमा बुझ्नुपर्ने जनाउँदै उपन्यासको सुरुवात र अन्त्य एकदमै सान्दर्भिक भएको जनाइन् । आख्यानमा रुची राख्नेका लागि उपन्यास एकदमै गज्जब भएको जनाउँदै उनले भनिन्,’ ३५२ पेजको यस उपन्यासले पाठकको सजिलै मन तान्छ , ‘उर्वरा’ आदर्शवादी उपन्यास हो ।’ रेग्मीले प्रष्ट पार्दै भनिन्, “उपन्यास पठनीय छ, यस कृतिमा पाठकले आख्यानात्मकता प्रचुर मात्रामा पाउँछन् ।”
उपन्यास समाजका अध्यक्ष शंकर भारतीले ‘उर्वरा’ ले ६० वर्षअघिको र आजको समयलाई जोड्ने काम गरेको टिप्पणी गरे । यस उपन्यासले पूर्वको विराटनगर, सुनसरीलगायतका ठाउँको परिचय समेट्नुका साथै विगतमा कलेज जीवनको याद दिलाउने जनाए । पोखरेलले लेखेको उपन्यासमा संस्कृति तथा परम्पराले प्रेम गर्ने जोडीमा प्रभाव पारेको र विछोडिएको अवस्थाको चित्रण भएको भनाइ राखे । ‘४२ वर्षको पुरुषले १२ वर्षीया बालिकासँग बिहे गरेको उपन्यासभित्रको एउटा दृष्टान्त हो’, उनले भने । उपन्यासकारका भाइ भेषराज पोखरेलले आफ्नो सारा परिवार साहित्यनिकट रहेको सुनाए । दाजुले लेखेको उपन्यासमा पाठकले कोमलता भेट्ने उनको भनाइ छ ।
‘उर्वरा’ उपन्यासका लेखक पोखरेलले बीपी कोइरालासँगको छोटो संगतले आफूलाई साहित्यमा लाग्न अभिप्रेरित गरेको जानकारी गराए । आफ्नो परिवारका सबै सदस्यहरु साहित्यमा रुची राख्ने भएकाले पनि आफूलाई यस विधामा लाग्न प्रेरित गरेको उनको भनाइ छ । उपन्यासकार पोखरेलले भने, ‘हाम्रो घरमा साहित्यिक माहोल थियो, आमा, भाइ र म कवितामै बोल्ने गर्थ्याैं ।’ सष्टा समाजका सल्लहाकार एवम् साहित्यकार विधान आचार्यले उपन्यासको कहानीले कहिले स्वदेश त कुनैबेला विदेश घुमाएको जनाए । उपन्यासको प्रत्येक खण्डमा बेग्लाबेग्लै विषय हुनु एउटा नौलो प्रयास भएको उनको भनाइ थियो ।
नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापा, स्रष्टा समाजका संरक्षक पवन आलोक, माधव विडारीलगायतले उर्वरा पठनीय भएको दाबी गरे । उपन्यास लोकार्पण कार्यक्रमको उद्घोषण गर्दै देवीराज तिमल्सिनाले उपन्यासकार पोखरेलका कृतिहरुका सम्बन्धमा पनि चर्चा गरे । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा र कथाकार माया ठकुरीले संयुक्तरुपमा पोखरेलको कृति ‘उर्वरा’ को लोकार्पण गरेका थिए ।
‘उर्वरा’ उपन्यासमा जयन्त र शिल्पाको प्रेम कथा समेटिएको छ । तर सांस्कृतिक भिन्नताले उनीहरुबीच विछोड हुने बाध्यता हुन्छ । जयन्तसँग विछोड भएपछि शिल्पाको आफूभन्दा २० वर्ष जेठो केटासँग बिहे हुन्छ । २० वर्ष जेठो मान्छेले रानी जस्तो बनाएर राखे पनि शिल्पाको मन बेचैन हुन्छ र एक्लै बस्नुपर्ने अवस्था हुन्छ । यसरी उपन्यासमा विभिन्न रोचक तानाबाना बुनेर गज्जबको कथा बनाइएको छ । पोखरेलले विगत ३० वर्षदेखि कविता लेखिरहेका छन् । उनका चारवटा आख्यान कृति प्रकाशित भइसकेका छन् । उर्वरा उपन्यास पोखरेलको पाँचौं कृति हो भने उपन्यास चौथो हो । उनले यसअघि ‘नयाँ बाटो’, ‘सिर्जना’ र ‘प्रतिघात’ उपन्यास बजारमा ल्याइसकेका छन् ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
आजदेखि धरहरा सञ्चालन, अनलाइन टिकट भोलिदेखि
काठमाण्डौ । आजदेखि धरहरा सञ्चालन हुने भएको छ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन...
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...