ताजा समाचार

काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको बाढी अहिले भने कम भएको छ ।

यतिबेला देशका कुनै पनि ठाउँमा बाढी आउने गरी ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो या बेलुकीपख भने कोशी, बाग्मती र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org