दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आठ स्थानीय पाठ्यक्रम लागू
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८ मा ‘दिरुम ज्ञानमाला’ नामक स्थानीय पाठ्यक्रम प्रकाशन गरी कार्यान्वयनमा ल्याएको थियो । हाल उक्त पाठ्यक्रमलाई परिमार्जन गरी वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समावेश गरेर तयार पारिएको स्थानीय पाठ्यक्रम लागू गरेको हो ।
नगरपालिकाका हरेक वडामा आ-आफ्नै विशेषता समेटिएको विषयवस्तु पढाउने गरी फरक–फरक आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “यसअघि नगरभित्रका सबै विद्यालयका कक्षा एकदेखि पाँचसम्म एउटै स्थानीय पाठ्यक्रम तयार पारिएको थियो । त्यसको सट्टा अब सबै वडामा सञ्चालित विद्यालयले आ–आफ्नै विशिष्टता समेटिएको विषयवस्तु पढाउने छन्”,उहाँले भन्नुभयो, “स्थानीय पाठ्यक्रममा राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका तथा विद्यार्थीले जान्नैपर्ने विषयवस्तु समेटिएका छन् ।” उहाँका अनुसार नयाँ पाठ्क्रमले विद्यार्थीलाई आफ्नो ठाउँ अनुसारको भाषा, संस्कार/संस्कृति तथा प्राकृतिक स्रोतसाधन बारेमा ज्ञान दिन्छ ।
जम्मा १५ वडामध्ये वडा नं. १ दिक्तेल, वडा नं. २ सोल्मा र वडा नं. ६ मुडेका विद्यालयमा पढाउन शिवहरी ढकालको संयोजकत्वमा गठित समितिले ‘रुपाकोट बैखरी’,वडा नं. ३ बाम्राङ र वडा नं. १३ नुनथलाका लागि बमबहादुर राईको संयोजकत्वमा ‘मुढे नुनथला’ वडा नं. ४ खाल्ले र वडा नं. ५ लफ्याङका लागि लक्ष्मीप्रसाद खनालको संयोजकत्वमा ‘हाम्रो मझुवा’वडा नं. ७ दोर्पाचिउरीडाँडा, वडा नं. ८ दोर्पाबुवालुङ र वडा नं. ९ निर्मलीडाँडाका लागि भवकृष्ण ढकालको संयोजकत्वमा ‘हाम्रो साप्सुमाला’ नामक पाठ्यक्रम तयार पारिएको हो ।
वडा नं. १० पाथेकाका लागि प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा ‘हाम्रो पाथेका’ वडा नं. ११ खार्मीका लागि प्रकाश राईको संयोजकत्वमा ‘हाम्रो खार्मी’ वडा नं. १२ जालपाका लागि प्रतिमान राईको संयोजकत्वमा ‘जालपा चिनारी’वडा नं. १४ बुइपा र वडा नं. १५ विजयखर्कका लागि ललितकुमार राई संयोजकत्वको समितिले ‘दिरुम ज्ञानमाला’नामक स्थानीय पाठ्यक्रम तयार पारेको नगरपालिकाले जनाएको छ ।
आफ्नै परिवेश, आवश्यकता, सम्भावना र अवस्थिति अनुसार तयार पारिएको स्थानीय पाठ्यक्रम नगरकार्यपालिका र शिक्षा समितिबाट पारित गरेर कार्यन्वयनमा लगिएको नगरपालिकाका शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिनुभयो ।
स्थानीय पाठ्यक्रम तयार पार्न नगरपालिकाले तीन महिनाअघि शैक्षिक अभियन्ता एवम् शुभम् फाउण्डेशनका प्रबन्ध निर्देशक सूर्यबहादुर राईको संयोजकत्वमा शैक्षिक सुधार कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा पूर्वप्राचार्य कृष्णबहादुर बुढाथोकी, निजी स्कूलका सञ्चालक प्रकाश श्रेष्ठ र नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राई रहनुभएको थियो ।
शैक्षिक सुधार कार्यदलको सुझावका आधारमा स्थानीय पाठ्यक्रम निर्माण गर्न नगरपालिकाले छुट्टाछुट्टै आठवटा समिति गठन गरी काम थालेको थियो । नगरपालिकाद्वारा गठित समितिले विषय विज्ञहरु राखेर करिब तीन महिनामा स्थानीय पाठ्यक्रम तयार पारेको हो ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
आजदेखि धरहरा सञ्चालन, अनलाइन टिकट भोलिदेखि
काठमाण्डौ । आजदेखि धरहरा सञ्चालन हुने भएको छ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन...
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...