ताजा समाचार

केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । लुम्बिनी प्रदेशको पश्चिमी भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरैजसो ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा तथा केही ठाउँमा मध्यम र एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत्र मुख्यगरी धानबालीमा असर पार्ने देखिएकाले धान काट्नु र थन्क्याउनु अघि मौसमको अध्यावधिक अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org