विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो वार्षिक बैठक सुरु गर्दै छन् ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबारको ‘भविष्यको शिखर सम्मेलन’ मा राष्ट्रपति, प्रधानमन्त्री, राजा र मन्त्रीहरूलाई आफ्नो प्रारम्भिक ‘स्टेट अफ द वर्ल्ड’ भाषणको पूर्वावलोकन गर्दै भने, “हाम्रो संसार लिकबाट हटिरहेको छ र हामीलाई पुनः लिकमा फर्कन कठोर निर्णयहरूको आवश्यकता छ ।”
उनले ‘मध्यपूर्वदेखि युक्रेन र सुडानसम्म भड्किरहेका र बढ्दै गएका द्वन्द्वहरूको अन्त्य देखिँदैन’ भने । उनले विश्वव्यापी सुरक्षा प्रणाली ‘भू–राजनीतिक विभाजन, आणविक शक्ति प्रदर्शन तथा नयाँ हतियार र युद्धका मैदानहरूको वृद्धिले धम्की’ मा परेको बताउए ।महासचिव गुटेरेसले असमानता, उदीयमान अस्तित्वको खतरामा प्रतिक्रिया दिन प्रभावकारी विश्वव्यापी प्रणालीको अभाव र जलवायु परिवर्तनको विनाशकारी प्रभावबारे पनि चर्चा गरेका छन्।
मङ्गलबार उद्घाटन हुने महासभाको उल्लेखनीय क्षणमा अमेरिकी राष्ट्रपति जो बाइडेनको सम्भवतः विश्व मञ्चमा अन्तिम प्रमुख उपस्थिति हुनेछ ।राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले गत साता पत्रकारहरूलाई करिब दुई अर्ब मानिस द्वन्द्व प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने भन्दै महासभामा अमेरिकाको ध्यान ‘युद्ध सङ्कट’ अन्त्य गर्नेमा केन्द्रित हुने बताए ।
तर उनले भने, “विश्वभरका सबैभन्दा कमजोर मानिसहरूले हामीले प्रगति गर्ने, परिवर्तन ल्याउने र उनीहरूका लागि आशाको भावना ल्याउने कुरामा भरोसा गरिरहेका छन् ।”उद्घाटनको दिन अन्य वक्ताहरूमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा, टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान, जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियान सहभागी हुनेछन् ।
इरानी राष्ट्रपति पेजेस्कियानले सोमबार इजरायलमाथि मध्यपूर्वमा व्यापक युद्ध खोज्न र आफ्नो मुलुकलाई विस्तृत द्वन्द्वमा लैजान ‘जाल’ थापेको आरोप लगाए । उनले इजरायललाई दोष दिँदै गत साता लेबनानमा पेजर, वाकी–टाकी र अन्य विद्युतीय उपकरणहरूको घातक विस्फोटतर्फ सङ्केत गरे । साथै उनले आफ्नो सपथ ग्रहणको केही घण्टापछि जुलाई ३१ मा तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्यालाई पनि सङ्केत गरे ।
उनले भने, “हामी लड्न चाहन्नौँ, इजरायलले सबैलाई युद्धमा तान्न र यस क्षेत्रलाई अस्थिर बनाउन चाहन्छ, तिनीहरूले हामीले नचाहेको विन्दुमा हामीलाई तानिरहेका छन् ।” इरानले गाजामा हमास र लेबनानका हिजबुल्लाह लडाकुहरू दुवैलाई समर्थन गर्दछ । अन्तर्राष्ट्रिय उद्धार समितिका अध्यक्ष डेभिड मिलिबान्डले संयुक्त राष्ट्रसङ्घ स्थापना भएको सन् १९४५ मा सान फ्रान्सिस्कोमा आयोजित सम्मेलनलाई सम्झाए ।
तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले प्रतिनिधिहरूलाई ‘शक्ति नै अधिकार हो’ भन्ने मान्यतालाई अस्वीकार गर्न र त्यसलाई उल्ट्याएर ‘अधिकार नै शक्ति हो’ बनाउन आग्रह गरेका थिए र यसलाई राष्ट्रसङ्घको बडापत्रमा समावेश गरिएको थियो । मिलिबान्डले भने, “करिब ८० वर्षपछि हामीले यो समीकरणलाई उल्ट्याउन नसक्दाको भयानक परिणाम देखेका छौँ । गाजा, सुडान र युक्रेनजस्ता सन्दर्भहरूमा शक्तिले नै अधिकार बनाइरहेको छ ।”
बढ्दो वैश्विक मानवीय आवश्यकता, अनियन्त्रित द्वन्द्व, अनियन्त्रित जलवायु परिवर्तन र बढ्दो चरम गरिबीको सामना गर्दै मिलिबान्डले विश्व नेताहरूलाई चुनौती दिँदै प्रश्न गरे, “आगामी ८० वर्षका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तहरूलाई तपाईँहरू कसरी कमजोर नभई बलियो बनाउनुहुन्छ ?”
दुई दिवसीय ‘भविष्यको शिखर सम्मेलन’ पछि आयोजना भएको महासभाको वार्षिक बैठक सेप्टेम्बर ३० मा समाप्त हुन्छ । ‘भविष्यको शिखर सम्मेलन’ ले विश्वका बढ्दो विभाजित मुलुकहरूलाई २१औँ शताब्दीका द्वन्द्वदेखि जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता (एआई) र महिला अधिकारसम्मका चुनौतीहरूको सामना गर्न एकजुट गर्ने लक्ष्यसहितको खाका अपनाएको थियो ।
बयालीस पृष्ठको ‘भविष्यका लागि सम्झौता’ ले राष्ट्रसङ्घका एक सय ९३ सदस्य मुलुकका नेताहरूलाई प्रतिज्ञाहरूलाई वास्तविक काममा परिणत गर्न चुनौती दिन्छ । यसले विश्वका आठ अर्बभन्दा बढी मानिसको जीवनमा परिवर्तन ल्याउँछ । “हामी बहुपक्षवादलाई विनाशको किनारबाट फर्काउन यहाँ भेला भएका छौँ”, महासचिव गुटेरेसले भने । उनले सम्झौतालाई ग्रहण गरेर नेताहरूले ढोका खोलेको बताउनुभयो । “अब यसमार्फत हिँड्नु हाम्रो साझा नियति हो, यसले सहमतिको मात्र नभई कामको पनि माग गर्दछ ।”
गत वर्षको राष्ट्रसङ्घीय वैश्विक भेलामा युक्रेन र त्यसका राष्ट्रपति भोलोदिमर जेलेन्स्की केन्द्रीय स्थानमा थिए । तर अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको घातक आक्रमणको पहिलो वार्षिकोत्सव नजिकिँदै गर्दा गाजामा भइरहेको युद्ध र इजरायल–लेबनान सीमामा बढ्दो हिंसामा ध्यान केन्द्रित हुने निश्चित छ । हिंसा अहिले पूरै मध्यपूर्वमा फैलिन खतरामा छ । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले बिहीबार बिहान र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार अपराह्न बोल्ने कार्यक्रम रहेको छ ।
Comments
अरु समाचार
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...
-
एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको...
-
आईसीसी विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
आजको राशिफलः २०८१ असोज ८ गते मंगलवार
मेषः अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...