ताजा समाचार

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले शनिबारदेखि बाढीपीडितलाई राहत वितरण गर्दै

बैंकक। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले लगातारको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिको घटनाले मर्माहत बनाएको जनाएको छ । निरन्तरको वर्षापछि सिर्जित अकल्पनीय विपद्का घटनामा परी निधन भएकाहरुप्रति गैरआवासीय नेपाली संघ परिवारले भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै यस प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बाढीपहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा,बेपत्ताको खोजी, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन परिषद्ले नेपाल सरकारसँग आग्रह गरेको छ । यसका साथै अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन पनि सबैमा आग्रह गरेको छ ।

बाढी पीडितलाई राहत दिन परिषद्ले के गर्दैछ ?

विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि राष्ट्रिय समन्वय परिषद् थाइल्याण्ड अन्तर्गत रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई परिषद्ले अपिल गरेको थियों । अपिलअनुसार गैरआवासीय नेपालीहरुले दिएको रकम संकलनको काम सकिएको छ । संकलित रकम शनिबार परिषद्को नाममा रहेको खातामा नेपाल पठाइने भएको छ ।

परिषद्ले बाढीपहिरो पीडितहरुलाई शनिबारदेखि नै राहत वितरण गर्ने भएको छ । राष्ट्रिय समन्वय परिषद्  थाइल्याण्डका पदाधिकारीहरुको उपस्थितिमा राहत वितरण गरिने कार्यक्रम छ । परिषद् अध्यक्ष बस्नेतले बाढीपीडितहरुलाई राहतस्वरुप खाद्यान्न र लताकपडा सहयोग गर्ने जानकारी दिनु भयो । एनआरएनएले एक करोड रुपियाँको राहतको घोषणा गरेको छ । सोहीअनुसार थाइल्याण्ड परिषद्ले पनि लाखौं रुपियाँको राहत प्याकेज ल्याएको हो । राहतस्वरुप खाद्यान्न र लत्ताकपडा वितरणको काम दसैं अगाडि नै सक्ने योजना रहेको  छ । दसैं चाड मनाउन समेत केही हदसम्म राहत पुगोस् भन्ने उद्देश्य राखेर राहत वितरणको कार्यक्रम राखिएको बस्नेतले न्यूज नेपाल डटकमलाई जानकारी दिनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org