ताजा समाचार

नयाँ प्रधानन्यायाधीश राउतको शपथ भोलि हुँदै

काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि (आइतबार) हुने भएको छ। राष्ट्रपति भवनमा आइतबार दिउँसो १ः ३० बजे राष्ट्रपतिको शपथ समारोह राखिएको शीतलनिवास स्रोतले जनाएको छ। आइतबार शपथ ग्रहण हुने भएपछि सर्वोच्च अदालतले सोही दिन नै पदभार ग्रहणको कार्यक्रमको लागि तयारी गरिरहेको छ।

सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ। बन्दी प्रत्यक्षीकरणका निवेदन हेर्नका लागि भने निश्चित न्यायाधीश र कर्मचारी तोकिएको छ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजै राति १२ बजेबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन्। त्यसपछि राउत प्रधानन्यायाधीश नियुक्त हुनेछन्। संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो।

असोज १६ गते उनी संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएका थिए। राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org