जलेश्वरमा दुर्गा मूर्ति विसर्जन
काठमाडौं । बडादसैँको अवसरमा यहाँको जलेश्वर नगरपालिका–२ स्थित दुर्गा चोकमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति आज बरुण सरोवरमा विसर्जन गरिएको छ ।
दुर्गा भवानीको प्रतिमाका साथै पूजाका लागि निर्माण गरिएको भगवान् शिव, गणेश, कात्तिक, मातालक्ष्मी र माता सरस्वतीको प्रतिमालाई बरुण सरोवरमा सेलाइएको पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले जानकारी दिए ।
दुर्गा चोकबाट छुट्टाछुट्टै ट्याक्टरमा राखी सबै मूर्तिलाई बुद्धीजीवीचोक, जिरोमाइल चोक, अस्पतालचोक, साहुजीपट्टी, नगरपालिका चोक, शंकरचोक हुँदै नगर परिक्रमा गरी बरुण सरोवर पुर्याइ सेलाइएको हो ।
दुर्गा मूर्ति विसर्जनका क्रममा हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै रणभीम गणका नेपाली सेनाको सहयोगमा पानीमा सेलाइएको अध्यक्ष चौधरीले जानकारी दिए । बडादसैँको दश दिनसम्म पूजाअर्चना गरिएको मातादुर्गा भवानीसहित सबै देवीदेवतालाई आज बिहान पुनः पण्डित ललित झा र पूजाकर्ता रामजीवन साहले विशेष पूजाअर्चना गर्दै दुर्गा पूजा विसर्जन गरेका थिए ।
Comments
अरु समाचार
-
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
हमासका एक वरिष्ठ अधिकारीले शुक्रबार उक्त समूह गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई युद्ध...
-
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बाल विवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि...
-
एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक आजदेखि सुरु
काठमाडौँ: सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपिएफ–एसएसबी...
-
आजको राशिफल: २०८१ साल मंसिर १ गते शनिवार
मेष: राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा...
-
कोदोखेतीले धानेको खोरियागाउँ, प्रोत्साहन गर्ने नीतिकाे खाँचाे
सिरहा: मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको...
-
राष्ट्रपति पौडेल स्वदेश आइपुगे, प्रधानमन्त्री ओलीले गरे स्वागत
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश...
-
छाला नपाउँदा मादल बनाउन समस्या, पेशा संकटमा
दमौली (तनहुँ): तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने...
-
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
-
दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
बैतडी: दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप...