ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री
देउखुरी (दाङ)। वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ । उहाँको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन् ।
भास्करसँगै प्राविधिक सहायक दशरथ साउद पनि फूलखेतीमा लाग्नुभएको छ । कृषि प्राविधिक पढेर कृषिमा लाग्नु भएका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष हेर्नुहुन्छ । कपिलवस्तुमा छ वर्ष पहिलेदेखि फूल खेतीमा लाग्नुभएका पंगेनी र साउदले तीन वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गर्नुभएको हो ।
घोराही–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक रु दुई हजार भाडामा लिएर उहाँहरुले फूलखेती गरिरहनुभएको छ । गत वर्ष तिहारमा मात्रै रु १३ लाखको फूल बिक्री गरेको साउदले बताउनुभयो । तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर रु पाँच लाख आम्दानी गरेको उहाँले बताउनुभयो । यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उहाँहरुको छ ।
उहाँहरुले दुई वर्ष अगाडि कर्मा–५५५ जातको सयपत्री फूलबाट खेती सुरु गर्नुभएको थियो । यसपाली कर्मा ५५५, कर्मा–९९९ यल्लो गरी दुई जातका सयपत्रीका बिरुवा रोप्नुभएको छ । दाङमा रु ८० हजारको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताउनुभयो ।
“यी सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर उमारेका हौँ”, उहाँले भन्नुभयो, “यसपालि रु दुई लाखको बेर्ना बिक्री भइसक्यो । बिरुवाको जात हेरेर प्रतिगोटा रु दुई देखि ५० सम्ममा बिक्री हुने गरेको छ ।” स्वदेशमै कृषिबाट आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पंगेनी बताउनुहुन्छ । उहाँले बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ अवधारणा बनाई कृषि फार्मको नाम नै एक सय आठ राख्नुभएको छ ।
फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उहाँको भनाइ छ । यहाँ उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहँुदा लामो समयसम्म राख्न समस्या भएको उहाँले बताउनुभयो ।राम्रो चिस्यान केन्द्र भएमा स्वदेशमा उत्पादित सयपत्री विदेश निर्यात गर्न सकिने उहाँले बताउनुभयो । फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उद्धेश्यले जिल्लाहरुमा क्षेत्र विस्तारको योजना बनाएको पंगेनीको भनाइ छ ।
Comments
अरु समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
काठमाडौं। बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको...
-
अन्नपूर्णको आधार शिविर क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा पर्यटन व्यावसायी उत्साहित
काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको...
-
रविलाई विहान ३ बजे पोखरा पुर्याइयो, भोलि अदालतमा उपस्थित गराइने
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । शुक्रबार...
-
आजको राशिफल: २०८१ कार्तिक ३ गते शनिवार
मेष नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग...
-
पक्राउ गरेपछि रविलाई पोखरा लगियो, ठूलो संख्यामा रास्वपाका नेता-कार्यकर्ता पछि लागे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेर पोखरा लगेको छ...
-
रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि...
-
रविलाई पक्राउ गर्न प्रहरीले अदालतबाट लियो अनुमति
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।जिल्ला प्रहरी कार्यालय, कास्कीले...
-
हमासका मुख्य नेता सिनवारको हत्या भएपछि विश्व समुदाय आक्रोशित
गाजा । इजरायलले हमास नेता याह्या सिनवार मारेको दाबी गरेसँगै विश्व समुदायको प्रतिक्रिया आउन थालेको छ । इजरायलले डिएनए परिक्षणपछि...
-
राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
राजविराज (सप्तरी)। राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा...