तीन महिनामा राजस्व सङ्कलन १३ र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि
काठमाडौं । सरकार गठनपछिको तीन महिनामा राजस्व सङ्कलन १३ र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सरकार गठन भएको तिनमहिना यता विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च २१ खर्ब ५२ अर्ब रुपियाँ रहेको समेत जनाएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको तीन महिनाको अवधिमा भएको कामकाजको प्रगति शुक्रबार सार्वजनिक गर्दै अर्थ मन्त्रालयले पुँजीगत खर्च गतवर्षको यसै अवधिको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
त्यसै गरी राजस्व सङ्कलन गत वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशत र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको छ । ब्याजदर घटेर औसत ६.१५१ प्रतिशत कायम भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौती रहे पनि पहिलेको तुलनामा सुधार आइरहेको बताउँदै तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको र गत वर्षको यसै अवधिको तुलनामा पुँजीगत खर्च र राजस्व सङ्कलनलगायतको कार्यमा वृद्धि भएको बताए।
यस वर्षको बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन बजेट कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै अर्थ मन्त्रालयले यसबाट हालसम्मको चालु, पुँजीगत तथा समग्र खर्चमा उल्लेख्य सुधार ल्याउन सहयोग पुगेको जनाएको छ । बजेट कार्यान्वयन गर्न ७३ बुँदे मार्गदर्शन जारी गरिएको छ ।
समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरी अध्ययन कार्य प्रारम्भ भइसकेको उल्लेख गर्दै मन्त्रालयले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली परिचालन गरिएको समेत जनकारी दिएको छ ।
Comments
अरु समाचार
-
सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले...
-
इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै
काठमाडौं । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका...
-
सुनको मूल्य प्रतितोला रु दुई हजारले बढ्यो
काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको...
-
समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान...
-
नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी
काठमाडौं । नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी...
-
सुनको मूल्य तोलामा रु छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
भैरहवा विमानस्थलबाट तीन कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्दै
भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी महिनादेखि सेवा सुरु गर्न दुई अन्तर्राष्ट्रिय एअरलाइन्स कम्पनीले उडान तालिका स्वीकृत गराएको...
-
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव हुने
काठमाडौं । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत्...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि...