ताजा समाचार

प्रहरी हिरासतमा थुनुवाको मृत्यु

काठमाडौं । चितवनमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासत कक्षमा रहेका रत्ननगर नगरपालिका१३ बस्ने ४५ वर्षीय महमद क्यामोदिनको शनिबार बिहान मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी आपराधिक लाभ कसुरमा कात्तिक १ मा पक्राउ परेका थिए। उनीमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको थियो।

शनिबार बिहान ४ः४५ बजेको समयमा थुनुवा कक्षको बाथरुमको ढोकाछेउमा घोप्टो अवस्थामा महमद क्यामोदिन फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।

उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org