ताजा समाचार

सत्तारुढ दलहरुको बैठकमा आज सरकारका सय दिनको समीक्षा गरिँदै

काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको सय दिनको समीक्षा, आगामी कार्ययोजना, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले सय दिनमा गरेका कामहरुको विवरण आज सार्वजनिक गर्ने तयारी गरेका छन् । सोही तयारीबारे गठबन्धन दलहरुसँग छलफल गर्न लागेका हुन् । यस्तै,बैठकमा दल विभाजन सम्बन्धी अध्यादेशका बारेमा पनि छलफल हुने बुझिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org