शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौं । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो ।
गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए। “अन्य वर्षको भन्दा यस पटक ढिलो गरी हामीले जङ्गल सफारी खुला गरेका छौँ”, उनले भने, “निकुञ्जभित्र पर्यटक पथमा रहेका सबै पुल र बाटोमा बाढीले क्षति गरेको र मर्मतका लागि समय लागेका कारण ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गर्एिको हो ।”
उनले बाढीले सडक र काठेपुलहरु बाढी क्षति गरेको बताए । “अहिले पनि सहायक बाटाहरुमा ग्राभेललगायत काम गर्न बाँकी छ”, संरक्षण अधिकृत ऐरले भए, “निकुञ्ज कार्यालयले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको छ ।” तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रख्यात छ । निकुञ्जको विशाल घाँसेमैदानमा दुई हजार बढी बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ । त्यसैगरी, निकुञ्ज पाटेबाघका लागि पनि प्रख्यात छ । निकुञ्जले गरेको पछिल्लो गणनाअनुसार यहाँ बाघको सङ्ख्या ४४ पुगेको छ ।
त्यसैगरी, गैँडालगायत दुर्लभ वन्यजन्तुका लागि पनि निकुञ्ज प्रसिद्ध छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन्भने २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०–९० वटा नीलगाई र चार सय ४९ प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजातिहरू रहेका छन् । जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेल आदि रहेका छन् । निकुञ्ज प्रशासनका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा तीन हजार ६७ पर्यटकले अवलोकन गरेका छन । यसमा विदेशीको सङ्ख्या दुई सय ५० मात्रै छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री ओलीले भने- सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ (सम्बोधन पूर्णपाठसहित)
काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै...
-
युक्रेनी विदेशमन्त्री युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन अफ्रिका र ओमानको भ्रमणमा
काठमाडौं । युक्रेनी विदेश मन्त्री एन्ड्री सिबिगाले युक्रेन र रूसको बीचको युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन बुधबार अफ्रिकी देशहरू...
-
इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार...
-
जुनसुकै कालखण्डमा भएका पनि भ्रष्टाचारीमाथि कारबाही हुन्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारीमाथि कारबाही हुने स्पष्ट गर्नुभएको छ । सरकारको सय...
-
सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली
https://www.youtube.com/live/7YkeZpWQbAU?si=Uf_8n-ITLVDSN1Cx
-
कालिका मन्दिरमा रु ४५ लाख भेटी सङ्कलन
काठमाडौं । बागलुङ कालिका मन्दिरमा बडादसैँमा असोजमा रु ४५ लाख भेटी सङ्कलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन...
-
बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ माझखोलामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भएका २८...
-
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
काठमाडौं । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी...
-
‘दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिने’
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताएका छन्...