व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
काठमाडौँ: आजदेखि तिहार पर्व विधिवत् रुपमा आरम्भ भएको छ । तिहारसँगै काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड र मख्खन गल्लीका बजारमा किनमेल गर्नेको घुइँचो पनि बढेको छ ।
विशेषत धनेतरसका दिन आज बजारमा विशेषत बहुमूल्य सुन, चाँदी, तामालगायत भाँडाकुँडा, गरगहना र पूजाको सामग्री किनमेल गर्नेको घुँइचो अत्यधिक देखिएको छ । व्यापारी ग्राहकका चापका कारण व्यस्त देखिन्थे ।
लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल बढेसँगै व्यापारी पनि हर्षित देखिन्छन् । पुस्तौँदेखि असन चोकमा ‘ड्राइ फ्रुस्ट’को व्यापार गर्दै आउनुभएका सुजन प्रधानलाई तिहारमा भ्याइनभ्याइ छ । सामान्य समयभन्दा तिहारको समयमा दश गुणा बढी व्यापार भइरहेको उहाँ बताउनुहुन्छ ।
“दश गुणासम्म बढी व्यापार छ । पसलमा रेगुलर ग्राहकबाहेक पनि धेरै थपिनुभएको छ । यति धेरै ग्राहक आउनुहुन्छ, बोल्दाबोल्दै स्वर नै सुक्ने बेला भइसक्यो”, व्यापारको हर्षमा उहाँले सुनाउनुभयो । प्रधानले अधिकांश सुक्खा फल नरिवल, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अंजिर र किसमिस भारत, चीन, अरब र अमेरिकाको क्यालिर्फोनियाबाट आयात हुने गरेको बताउनुभयो । “देश बाहिरबाट आयात हुने कारणले पनि मूल्य बढी पर्न जान्छ तर किन्ने ग्राहकको कमी भएको छैन”, उहाँले भन्नुभयो ।
असनमा विगत १५ वर्षदेखि बत्तीको व्यवसाय गर्दै आउनुभएका अर्का व्यापारी पूर्णबहादुर महर्जन पनि सामान्य समयभन्दा पाँच गुणा बढी व्यापार भइरहेको बताउनुहुन्छ । पर्व लक्षित झिलीमिली बत्तीको व्यापार बढेको उहाँको भनाइ छ । “अन्य समयमा भन्दा तिहारमा पाँच गुणा बढी व्यापार गर्छौ”, महर्जन भन्नुहुन्छ, “तर यस वर्ष बत्तीको व्यापार तुलनात्मक रुपमा अघिल्ला वर्षहरु भन्दा कम छ । यस पटक २५ प्रतिशतमात्र व्यापार भइरहेको छ । हामी होलसेलमा बिक्री गर्दथ्यौँ, अहिले रिटेलमा बिक्री गर्न बाध्य छौँ ।” चीनबाट आयातित हुने झिलीमिली बत्ती ग्राहकले धेरै रुचाउने उहाँले बताउनुभयो, “सस्तो र आर्कषक डिजाइनमा पाइने हुँदा चीनबाट आयात गरेका बत्ती धेरै बिक्री हुन्छ ।”
इन्द्रचोक नजिकै विगत तीन वर्षदेखि व्यापारी गर्दै आउनुभएका देवीप्रसाद चौलागाईले तिहारमा ढाकाको टोपी धेरै बिक्री हुने बताउनुहुन्छ । “तिहारमा विशेषत सस्तो टोपी खोज्ने ग्राहक बढी आउनुहुन्छ । तर पछिल्ला वर्षमा टोपीकै व्यापार घट्दै गएको छ”, चौलागाईले भन्नुभयो । तिहारका लागि आवश्यक सामग्री किनमेल गर्न बजार पुगेका ग्राहक भने महँगीले आजित भएको गुनासो गर्छन् ।
“अहो कति महँगो !”, कलङ्कीबाट किनमेलका लागि असन पुग्नुभएका कमला सुवेदी र सरिता दाहालले एकै स्वरमा भन्नुभयो । दाहालले थप्नुभयो, “सस्तो सामान एकै ठाउँमा पाइन्छ भनेर यहाँसम्म आइयो । तर बजार भाउ छोइनसक्नु रहेछ ।” यस्तै, गोङ्गबुबाट परिवारसहित किनमेल गर्न न्यूरोड आउनुभएका राजाराम रेग्मीले पनि अत्यधिक मूल्यवृद्धिप्रति असन्तुष्टि जनाउनुभयो । “बजारमा चलि नसक्नु महँगी छ !”, आफूहरुले खरिद गरेको सामानको पोको देखाउँदै रेग्मीले भन्नुभयो, “लक्ष्मी पुज्नका लागि किनेको यही सामान र भाइमसला पोहोरभन्दा दुई गुणा बढी मूल्यमा खरिद गर्न बाध्य भयौँ ।”
Comments
अरु समाचार
-
नेपाल र बङ्गलादेश बिचको खेल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जाने
काठमाडौं । गत संस्करणमा भन्दा उत्कृष्ट प्रर्दशनका साथ बलियो प्रतिद्वन्दी भारतलाई पराजित गरेर साफ महिला च्याम्पियनसिपको फाईनल प्रवेश गरेको नेपाल...
-
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु
काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ...
-
सुडानमा जारी गृहयुद्धका कारण यौन हिंसामा आश्चर्यजनक वृद्धि : राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले मङ्गलबार विशेष गरी अर्धसैनिक बलहरूलाई आश्चर्यजनक स्तरमा यौन हिंसा गरेको आरोप लगाउँदै सुडानमा जारी गृहयुद्धमा बलात्कार व्यापक...
-
समर गेम्सको बक्सिङमा नेपालले स्वर्ण जित्यो
काठमाडौँ : नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा आज स्वर्ण पदक जितेका छन् ।...
-
आजको राशिफल: २०८१ साल कार्तिक १४ गते बुधवार
मेषः मिहिनेतले काममा पनि सफलता नै दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका...
-
काठमाडौँका ४६ स्थानबाट फूल किन्न पाइने
काठमाडौं । काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको...
-
साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित...
-
विश्वकप लिग–२: नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौं । आइसिसी विश्वकप लिग–२ का खेल खेल्न अमेरिकामा रहेको नेपाली राष्ट्रिय किक्रेट टोलीले आज आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग खेल्दैछ।...
-
बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन
काठमाडौं । बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल...