स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने बताउनुुभयो । उहाँले कार्यदलबाट स्वास्थ्य बिमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यावहारिक हुनेगरी कार्यक्रमलाई एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भन्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा शम्भु आचार्य, सदस्यहरु डा भगवान् कोइराला, डा रघुुराम काफ्ले र सदस्यसचिव डा सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बिमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गर्नुभएको थियो ।
हाल यस कार्यक्रमअन्तर्गत करिब रु ११ अर्ब भुक्तानी गर्न बाँकी छ । कार्यक्रममा कूल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आबद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ ।
कार्यदलले आधारभूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषका कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ । सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।
Comments
अरु समाचार
-
युरोपबाट आयातित रक्सीमा दुईसय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियनबाट आउने रक्सीमा दुई सय प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले आयातमा...
-
आज तराईका जिल्लामा होली, हर्षोल्लासका साथ खेलिँदै
काठमाडौं । पहाडमा बिहीबार मनाइएको होली उत्सव आज तराईका जिल्लामा मनाइँदैछ। तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने...
-
आजको राशिफल: २०८१ चैत १ गते शुक्रवार
मेष:मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्।...
-
होलीमा यस्तो देखियो बसन्तपुर र न्युरोड क्षेत्र (तस्बिरहरु)
काठमाडौं । काठमाडौंको बसन्तपुरमा बिहीबार पचासौं हजार होली खेल्न भेला भए । विशेषतः युवायुवतीहरुले रंगहरुको पर्व होली यहाँ भेला भएर...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउन ‘आइसफल डाक्टर’
सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी शुरू भएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल...
-
युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
किएभ । युक्रेनमा सम्भावित युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू रुस जाँदैछन् । साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको बैठकपछि युक्रेनी अधिकारीहरूले...
-
आज हिमाली र पहाडी भेगमा होली पर्व मनाइँदै
काठमाण्डौ । आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको...
-
अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री ओलीलाई सफाइ
काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सफाइ पाएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको...