काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. वाग्ले नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् । यसअघि उनी रजिस्ट्रार थिए । अर्थशास्त्रमा पीएचडी गरेका वाग्ले राष्ट्रबैंकका गभर्नरको सल्लाहकार पनि भइसकेका व्यक्ति हुन् ।
गत ३ फागुनमा भएको अन्तर्वार्तापछि सिफारिस समितिले नाम दिन सकेको थिएन । संयोजक सुरेशराज शर्माले गत शुक्रबार कुलपति ओलीलाई आफ्नातर्फको नाम बुझाएका थिए ।
आज छनोट समितिका अन्य दुई सदस्य डा. अर्जुन कार्की र जनार्दन नेपालले छुट्टै नाम बुझाएका थिए । छनोट समितिका बहुमत सदस्यले बुझाएको रिपोर्टका आधारमा प्रधानमन्त्री समेत रहेका कुलपति ओलीले वाग्लेलाई नियुक्त गरेका हुन् ।
Comments
अरु समाचार
-
नेपाल कमर्श क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रोकाहा विजयी
काठमाडौं । नेपाल कमर्स क्याम्पस (एनसीसी)मा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा अध्यक्षमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का...
-
प्रतिनिधिसभा बैठक: आज नागरिकता विधेयक पारित गर्ने कार्यसूची
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा...
-
हरेक नेपालीको भागमा झण्डै ९१ हजार रुपैयाँ ऋण
काठमाण्डौ । नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघेको छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६...
-
आजको राशिफल: २०८१ चैत ६ गते बुधवार
मेष : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। धेरै आफन्तसँग सम्पर्क बढ्नेछ। तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कमजाेर...
-
नवनियुक्त आईजीपी थापाद्वारा प्रहरीको सेवासुविधा बढाउन समिति गठन
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी कर्मचारीले खाइपाई आएको सेवा सुविधा बढाउन अध्ययन गर्न समिति गठन गर्न...
-
एसईई प्रक्रियामा मधेश सरकार सामेल नहुने मुख्यमन्त्री सिंहको घोषणा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गर्नुभएको छ...
-
स्ववियु निर्वाचन सम्पन्न: ३८ आंगिक र ३०० सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै मतदान
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगत देशैभरिका क्याम्पसमा आज तोकिएको स्व्तन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको । स्ववियु निर्वाचनअन्तर्गत आज मंगलबार...
-
आज स्ववियु चुनाव हुँदै, विवादका कारण केही क्याम्पसमा स्थगित
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र सम्बन्धन प्राप्तसहित झण्डै चार सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव...
-
आज कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी, गण्डकीमा छिटपुट वर्षा
काठमाण्डौ । आज कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । कोशीको तराई क्षेत्रमा मौसम आंशिक बदलीदेखि...