ताजा समाचार

एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !

काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव बनेका छन् ।

काठमाडौंमा भृकुटिमण्डपमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे ।

त्यस्तै, महासचिवमा भने सुरेन्द्र पाण्डेलाई २२९ मतान्तरले पराजित गर्दै शंकर पाेखरेल निर्वाचित भएका छन् । जसमा पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।

बुधबार बिहानदेखि सुरु भएको मतदान बिहीबार बिहान सकिएको थियो । मतदान सकिएको करिब चार घण्टामा नजिता सार्वजनिक भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org