ताजा समाचार

आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश ठप्प पार्न निर्देशन दिएका छन् ।

उनले महाधिवेशनबाट निर्वाचित भएपछिको सभामा सम्बोधन गर्दै उनले यस्तो गरिए देशभरबाट एमाले उठ्ने चेतावनी दिए । ‘अब पञ्चालकालको जस्तो जाली मुद्दा लगाउने कोसिस हुँदैछ,’ ओलीले भने, ‘एमाले नेतृत्वमाथि छोएमा देश ठप्प हुनुपर्छ । एमालेले सरकार ढाल्ने छ । एमालेलाई छोएको त्यो महंगो पर्ने छ ।’

उनले जाली मुद्दा लगाएमा देशभर जाम गर्न निर्देशन दिएका छन् । ‘हामी कुराले होइन, कामले तयार हुनुपर्छ गरेर देखाउनुपर्छ,’ ओलीले भनेका छन् ।
ओलीले अहिलेको अराजकता रोक्नका लागि तयारी अवस्थामा रहने बताए । टोलटोलमा सुरक्षा समिति एक हप्ताभित्र गठन गर्न निर्देशन दिए । ‘राज्य संयन्त्रको मार्फत् भर पर्ने होइन । हामी आफ्नै खुट्टामा उभिएर गर्नुपर्छ,’ उनले भने, ‘एक हप्ताभित्र टोल सुरक्षा समिति एक हप्तामा बनाउनुहो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org