चितवनबाट रविको दौडधुप सुरु, आज दिनभर के–के गर्दै छन् ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त भएसँगै आफ्नो राजनीतिक सक्रियता बढाएका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो ।
सोहि आदेश मार्फत थुनामुक्त भएका लामिछानेले आज चितवनमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ । रास्वपाका एक नेताका अनुसार आज बिहान ११ बजे भरतपुरको चौबिसकोटीमा आयोजना हुने पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।
त्यसपछि उनी दिउँसो १ः५० बजेको जहाजको उडानमार्फत काठमाडौं फर्किने र जेन–जी आन्दोलनका शहीद तथा घाइते परिवारलाई भेट्ने कार्यक्रम रहेको झाले जानकारी दिए ।
‘आजै काठमाडौं आएर जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रमको सुरूवात गर्ने कार्यक्रम रहेको छ’,रास्वपाका नेताले भने ।
त्यस्तै, लामिछानेलाई आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्वागत् कार्यक्रम राखिएको छ ।
Comments
अरु समाचार
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको...
-
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
-
काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका...
-
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च...
-
राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य: निर्वाचन आयोग
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै
काठमाडौं । रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा मनाईंदैछ । हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराइमा होली अर्थात्...
-
रामेछाप दुर्घटनामा मतदानअधिकृतसहित दुई जनाको ज्यान गयो, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
मन्थली । रामेछाप नगरपालिका–२ सिरुबारीमा मतदान सामग्री र कर्मचारी लिएर गएको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।...











