ताजा समाचार

चितवनबाट रविको दौडधुप सुरु, आज दिनभर के–के गर्दै छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त भएसँगै आफ्नो राजनीतिक सक्रियता बढाएका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो ।

सोहि आदेश मार्फत थुनामुक्त भएका लामिछानेले आज चितवनमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ । रास्वपाका एक नेताका अनुसार आज बिहान ११ बजे भरतपुरको चौबिसकोटीमा आयोजना हुने पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।

त्यसपछि उनी दिउँसो १ः५० बजेको जहाजको उडानमार्फत काठमाडौं फर्किने र जेन–जी आन्दोलनका शहीद तथा घाइते परिवारलाई भेट्ने कार्यक्रम रहेको झाले जानकारी दिए ।

‘आजै काठमाडौं आएर जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रमको सुरूवात गर्ने कार्यक्रम रहेको छ’,रास्वपाका नेताले भने ।

त्यस्तै, लामिछानेलाई आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्वागत् कार्यक्रम राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org