ताजा समाचार

काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए

काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका हुन् । प्रहरीहरु हातहतियार र बन्दोबस्तीका सामानसहित जिम्मेवारीमा खटिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जनाए ।

प्रहरी प्रधान कार्यालयस्थित एआईजी उमाप्रसाद चतुर्वेदी नेतृत्वको केन्द्रीय निर्वाचन सेलको समन्वयमा ती प्रहरी देशका विभिन्न भागमा खटिएका हुन् । उक्त सेलमा निर्वाचनका रणनीतिक विषयको अध्ययन गर्न एसएसपी दयानिधी ज्ञवालीलाई सुरक्षा तथा विश्लेषण महाशाखा प्रमुख तोकिएको छ भने परिचालन तथा नियन्त्रणको जिम्मेवारी अर्का एसएसपी सुवासचन्द्र बोहोराले पाएका छन् ।

केन्द्रीय सेलले देशभरि परिचालित भएका जनशक्तिलाई प्रत्यक्ष नियन्त्रण र निर्देशन दिने छ । यद्यपि, सुरक्षा रणनीति भने जिल्लापिच्छे फरक हुने कारण सम्बन्धित प्रदेशका प्रहरी प्रमुख ९डीआईजी०ले नियन्त्रण र निर्देशन दिने छन् । ती डीआईजीलाई पनि प्रधान कार्यालयबाट तोकिएका एआईजीले सुपरीवेक्षण गर्ने व्यवस्था छ ।

तोकिएका सबै एआईजी अहिले सम्बन्धित प्रदेशकै निर्वाचन सुरक्षामा व्यस्त रहेको प्रवक्ता काफ्लेले बताए । अहिले काठमाडौंमा उपत्यकाका १५ निर्वाचन क्षेत्रको सुरक्षा र उपत्यकास्थित प्रहरी कार्यालय सुरक्षाका लागि आवश्यक पर्ने जनशक्तिमात्रै तैनाथ छ । तीनै प्रहरी परिसर र बृत्तका कार्यालय प्रमुख साविककै जिम्मेवारीमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org