नयाँ सरकार नबनुन्जेल भेनेजुयलामा अमेरिकी शासन, न्यूयोर्क पुर्याइए राष्ट्रपति मादुरो
काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा नयाँ सरकार गठन नहुन्जेलसम्म अस्थायी रूपमा शासनको जिम्मेवारी अमेरिकाले सम्हाल्ने बताएका छन् ।
अमेरिकी सेनाले शनिबार राजधानी कराकाससहित विभिन्न सहरमा आक्रमण गरेको थियो । त्यसपछि आतंकवादविरोधी विशेष इकाइ डेल्टा फोर्सले राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको जनाइएको छ । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत मादुरो नियन्त्रणमा रहेको तस्बिर सार्वजनिक गर्दै यसबारे औपचारिक जानकारी दिएका हुन् । सार्वजनिक तस्बिरमा मादुरो हातकडी लगाइएका र आँखामा कालोपट्टी बाँधिएको अवस्थामा देखिन्छन् ।
फ्लोरिडास्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘सुरक्षित, उचित र विवेकपूर्ण सत्ता हस्तान्तरण नभएसम्म भेनेजुएलाको शासन अमेरिकाले चलाउनेछ ।’अमेरिकी महान्यायाधिवक्ताको कार्यालयका अनुसार मादुरो र उनकी पत्नीविरुद्ध न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मुद्दा दर्ता गरिनेछ । अमेरिकाले मादुरोमाथि लामो समयदेखि लागुऔषध कारोबारलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ । अमेरिकी अटर्नी जनरल पामेला बन्डीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘मादुरोमाथि अमेरिका विरुद्ध नार्को–आतंकवाद, कोकिन आयातको षड्यन्त्र, मेसिनगन र खतरनाक हतियार राख्ने तथा त्यसमा षड्यन्त्र गरेको अभियोग छ ।’ मादुरोकी पत्नीविरुद्ध लाग्ने अभियोगबारे भने खुलाइएको छैन ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
अमेरिकाको कदमको रूस, चीन र कोलम्बियालगायत देशहरूले कडा निन्दा गरेका छन् । रूसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भेनेजुएलामाथिको सशस्त्र आक्रमण गम्भीर चिन्ताको विषय भएको जनाएको छ ।
कोलम्बियाले पनि संयुक्त राष्ट्रसंघको चार्टरविपरीत कुनै पनि एकपक्षीय सैन्य कारबाही अस्वीकार्य हुने बताएको छ ।आक्रमणबाट भएको क्षति र मानवीय हताहतको यकिन विवरण अझै सार्वजनिक भएको छैन । आक्रमण भएका क्षेत्रमा बम विष्फोट र धुवाँका मुस्ला देखिएको बताइएको छ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मादुरो र प्रथम महिला सिलिया फ्लोरेसबारे सरकारसँग आधिकारिक जानकारी नभएको बताउँदै दुवै जीवित रहेको प्रमाण माग गरेकी छन् ।
यसैबीच, रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले मृतक र घाइतेको विवरण संकलन भइरहेको जानकारी दिँदै विदेशी सैनिकको उपस्थितिको विरोधमा देशभर सैन्य बल परिचालन गरिएको घोषणा गरेका छन् । भिडियो सन्देशमार्फत उनले यसलाई ‘भेनेजुएलामाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण’ भन्दै जनतालाई एकजुट हुन आह्वान गरेका छन् ।
Comments
अरु समाचार
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...












