ब्राजिलमा बढ्यो स्वाइन फ्लूको प्रकोप
ब्रासिलिया, २१ असार । ब्राजिलमा स्वासप्रस्वासमा हुने घातक सङ्क्रमण, स्वाइन फ्लूको प्रकोप बढेको बताइएको छ । यस विरुद्धको सतर्कताका लागि ब्राजिल सरकारले आग्रह गरेको छ ।
ब्रालिजको सरकारले सर्वसाधारणका नाममा जारी गरेको सूचनामा यस्तो सङ्क्रमणबाट सतर्क रहन आग्रह गरेको जनाइएको छ ।
प्राप्त पछिल्लो समाचारअनुसार सन् २०१६ मा ब्राजिलमा मात्र स्वाइन फ्लूबाट कम्तीमा पनि ८८६ नागरिकको ज्यान गएको छ । यसवर्ष पनि यसको प्रकोप बढ्ने देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यो वर्षलागेपछि पनि यस सङ्क्रमणको प्रकोप फैलिएको स्वास्थ्य अधिकारीहरुले जनाएका थिए । उनीहरुका अनुसार यस सङ्क्रमणबाट यति छोटो समयमै यति धेरै नागरिक मारिएका बताइएको छ ।
ब्राजिलको स्वास्थ्य विभागले गतहप्तामात्र प्रकाशन गरेको एक रिपोर्टमा त्यहाँ इन्फ्लुएन्जा ए अर्थात एचवान एनवान भाइरसको प्रकोप बढ्दो मात्रामा रहेको देखिएको छ । यस सङ्क्रमणबाट हाल पनि नागरिकको ज्यान गएको छ ।
उक्त प्रतिवेदनले ४५८१ जनामा यस सङ्क्रमणको प्रकोप देखिइएको पनि जनाएको छ । यो स्वासप्रस्वासमा हुने रोग हो । सन् २०१६ मा यस प्रकोपबाट ९३ जनाको ज्यान गएको पनि प्राप्त सो रिपोर्टले जनाएको छ ।
यो दक्षिण अमेरिकी देशमा गएको हप्तामात्र पनि ६०० भन्दा बढी यस प्रकोपका विरामी भर्ना भएका छन् । यसको संक्रमण दर निकै बढ्दै गएकोले सबैतर्फ सतर्कता अपनाइएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन सबैतर्फ ध्यानाकर्षण पनि गराएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...
-
पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र...