ताजा समाचार

चार हजार बढीको लाइन काटियो

Line Kate koकाठमाडौँ, १६ भदौ । नेपाल विद्युत् प्राधिकरणले हालसम्म बक्यौता नबुझाउने चार हजार ४४७ ग्राहकको लाइन काटेको छ ।

लामो समयदेखि बाँकी बक्यौता रहेको रकम तिर्न पटक पटक ताकेता गर्दासमेत अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियानअन्तर्गत हालसम्म आठवटै क्षेत्रीय कार्यालय मातहतका ग्राहकको लाइन काटिएको हो ।

विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज जारी गरेको विज्ञप्तिअनुसार काटिएकामध्ये हालसम्म दुई हजार ३०८ ग्राहकको लाइन पुनःजोडिएको छ ।

लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म रु आठ करोड ६४ लाख ९४ हजार ६६४ महसुल उठेको छ । हालसम्म काटिएको ग्राहकबाट रु २२ करोड ७६ लाख ७७ हजार ६२४ महसुल उठन बाँकी रहेको छ ।

प्राधिकरणले बक्यौता तिर्न अटेर गर्दै आएका विभिन्न सरकारी निकायको समेत लाइन काट्न सुरु गर्ने जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले सरकारी कार्यालयलाई महसुल तिर्न आग्रह गरिएको र कुनै सुनुवाइ नभए लाइन काटिने बताउनुभयो । प्राधिकरणले रु १० अर्ब बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org