ताजा समाचार

तेह्र करोड राजस्व सङ्कलन

रौतहट, २० भदौ । जिल्ला करदाता सेवा कार्यालयले गत आर्थिक वर्षमा रु १३ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

आव ७२/७३ मा आयकर तर्फ रु ६ करोड २३ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु चार करोड ८७ लाख ६६ हजार, घरबहाल करतर्फ रु ४० लाख ५४ हजार, व्याज करतर्फ रु २५ लाख ५२ हजार, शिक्षा सेवा करतर्फ रु तीन लाख ४१ हजार , स्वास्थ्य सेवाकरतर्फ रु पाँच हजार र अन्य करदातातर्फ रु १३ करोड २८ लाख राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा रु १६ करोड २८ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको जनाइएको छ । कार्यालय भाडाको घरमा सञ्चालन गर्नु परेकाले काउन्टरलाई व्यवस्थित गर्न र अनुगमनका लागि सवारी साधन आबश्यक भएको सो कार्यालयले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org