ताजा समाचार

नाका सहज भएपछि विराटनगर भन्सारले उठायो लक्ष्यभन्दा बढि राजश्व

brtcustoms1_201405190820591_20150217093445

विराटनगर ११ असोज । गत बर्ष भारतले नेपालमाथि लगायको छ महिना लामो नाकाबन्दी खुलेपछि विराटनगर भन्सार कार्यालयले चालु आर्थिक बर्षको दुई महिनामा लक्ष्यभन्दा १० करोड ३६ लाख रुपैयाँ बढी राजस्व असुली गरेको छ ।

कार्यालयले यस अवधिमा तीन अर्ब ९५ करोड ८४ लााख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य रहेकोमा चार अर्ब छ करोड २० लाख रुपैयाँ राजस्व असुली गरेको हो ।

चालु आबमा बन्द हड्ताल जस्ता भन्सार नाकामा अबरोध पुग्ने कुनै किसिमका गतिविधि नभएले लक्ष्य भन्दा बढी प्रगति हासिल गर्न कार्यालय सफल भएको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले बताए ।

गत आबको सोही अवधिमा भने उक्त कार्यालयले तीन अर्ब पाँच करोड ५७ लाख रुपैयाँ मात्र राजस्व असुली गरेको थियो । गत वर्ष संबिधान घोषाणाको विरोध गर्दै मधेशबादी दलहरुले गरेको बन्द हड्ताल र भारतको नाकाबन्दीका कारण भन्सार नाकामा अबरोध हुँदा राजस्व असुली कम भएको कार्यालय प्रमुख बस्नेत बताउँछन् ।

विराटनगर भन्सार नाकाबाट औद्योगिक कच्चा पदार्थ, खाद्य बस्तु र पेट्रोलिय पदार्थ बढी मात्रमा आयत हुन्छ भने अलैची, जुटका सामाग्री, धागो, कर्कट पाता, छाला, चिराइतो लगायतका बस्तुहरु निर्यात हुने गर्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org