ताजा समाचार

युरोपियन युनियनबाट बेलायत छुट्टिएपछिको त्यसको असर नेपालमा पनि पर्ने

काठमाडौँ, ११ असोज । युरोपियन युनियनबाट बेलायत छुट्टिएपछि त्यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावबारे छलफल गरिएको छ ।

europe_flag1

उद्योग मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उद्योगमन्त्री रवीन्द्रराज जोशीले बेलायतको अर्थविद् गौतम सेनसँग छलफल गर्नुभएको हो । छलफलमा उद्योगमन्त्री जोशीले बेलायत युरोपियन युनियनबाट छुट्टिएपछि नेपालको अर्थतन्त्रमा पनि प्रभाव पर्ने भन्दै बेलायततर्फको सहयोग जारी राख्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन उद्योग क्षेत्र विस्तार गर्न थालिएको जानकारी गराउनुभयो । ‘लण्डन स्कुल अफ इकोनोमी एण्ड पोलिटिकल साइन्स’का प्राध्यापकसमेत रहनुभएका सेनले बेलायत छुट्टिएपछिको असर नेपालमा पनि पर्ने बताउनुभयो ।

नेपालको आर्थिक वृद्धिदर बढाउनसके देश समृद्ध हुने र यसका लागि राजनीतिक दलले आर्थिक क्रान्तिको सवालमा एउटै धारणा बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव ऋषि कोइराला, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शङ्कर शर्मा र अर्थविद् विश्वम्भर प्याकुरेलले नेपालको विकासका क्षेत्रमा धेरै सम्भावना भएकाले लगानीको आवश्यकता रहेको बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org