ताजा समाचार

पूर्वाञ्चलमै पहिलो झापामा बन्यो दुई करोडको सुविधासम्पन्न ‘फन पार्क’

झापा, १३ असोज । पर्यटन प्रवद्र्धनलाई बढवा दिने उद्देश्यले झापाका चारजना युवाले दुई करोड रुपैयाँको लगानीमा ‘द वल्र्ड फन पार्क’ निर्माण गरेका छन् ।

fun_park

जिल्लाको शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वर धाम नजिकै उनीहरुले सो पार्क निर्माण गरेका हुन् । पूर्वाञ्चलमा नै पहिलोपटक आधुनिक र सुविधासम्पन्न पार्कका रुपमा रहेको सो पार्कमा सुरज जोशी, सुरेन्द्र गुरागार्इं, समीर मोदी र राजनारायण साहको लगानी रहेको छ ।

एक लाख ८५ हजार वर्गफिटमा फैलिएको उक्त पार्कमा दुई वर्ष माथि उमेर समूहका जो कोहीले भरपुर मनोरञ्जन लिन सकिने छ । भारतका सिक्किम, दार्जिलिङ, मिरिक, सिलगढी लगायतका पर्यटकलाई लक्षित गर्दै सो पार्क सञ्चालनमा ल्याइएको हो ।

पच्चीस वर्षका लागि जग्गा लिजमा लिएर पार्क निर्माण गरिएको र पार्कमा २० जनाले रोजगारी पाएको पार्क निर्माण समितिका अध्यक्ष जोशीले बताउनुभयो । एसी र डिलक्स भिआइपी लजको समेत व्यवस्था गरेर सञ्चालनमा ल्याएको सो पार्क निर्माणसँगै पूर्वाञ्चलवासी उत्साहित बनेका छन् ।

पार्कमा वनभोजस्थल समेत रहेको छ । विद्यालय पोसाकमा विद्यार्थीलाई प्रवेश निषेध गरिएको छ । वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पार्क सञ्चालनमा ल्याइको बताइएको छ । पार्कमा वाटरबल बोटिङ, सुमो स्विट, पेन्ट बल, एटिभीबाहेक रेन्ड डान्स, बाटर जर्ब, बडी जर्ब मोनोक्रोम रेस्टुरेन्ट, किड्स जोनको सुविधा छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org