ताजा समाचार

३२ वर्षदेखि अनुमतिबिना कोकाकोला कम्पनी सञ्चालनमा

काठमाडौँ, १३ असोज । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बोटलर्स नेपाल (कोकाकोला) कम्पनी ३२ वर्षसम्म अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ ।

coc

नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले बुधबार गरेको अनुगमनका क्रममा २०४१ सालदेखि हालसम्म अनुमतिपत्र नलिई सञ्चालन भइरहेको फेला परेको हो । कार्यालयका प्रमुख शशिभूषण यादवले पछिल्लो समय अनुमतिपत्र नलिई धेरै कम्पनीहरु सञ्चालनमा रहेका उजुरी आएपछि अनुगमन कार्य बढाएको बताउनुभयो ।

‘कोकाकोला जस्तो बहुप्रतिष्ठित कम्पनीले लामो समयदेखि अनुमतिपत्र नलिई सञ्चालन गरिरहेको छ भने अरुको हालत के होला ?’ उहाँले भन्नुभयो । उक्त कम्पनीबाट कानुन बमोजिम रु चार हजार जरिवाना असुल गरिएको छ ।

यस्तै औद्योगिक क्षेत्रभित्रै सञ्चालन भएका कर्माचार्य प्लास्टिक उद्योग, मोर्डन चप्पल इन्डट्रिज, बालाजु दाल मिल समेत अनुमतिपत्र नलिई सञ्चालनमा रहेका र ढक तराजु जाँच नगरेको फेला परेको छ । यी तीनवटै कम्पनीको ढक तराजु जफत गराई तीनदिनभित्र कार्यालयमा हाजिर हुन पत्र पठाइएको कार्यालयले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org