ताजा समाचार

नवीकरणीय ऊर्जा

धादिङ, १७ असोज । स्थानीयस्तरमा उपलब्ध नवीकरणीय ऊर्जाका स्रोतहरुको उपयोग गरी ऊर्जामा आत्मनिर्भर बन्न तथा विभिन्न परिप्रयोगबाट युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा नेपाल ऊर्जा फाउन्डेसनले नलाङ गाविसमा आयोजना गरेको नवीकरणीय ऊर्जामा युवा सहभागितासम्बन्धी अभिमुखीकरण गोष्ठीका सहभागी वक्ताहरुले मुलुकको आर्थिक विकासका लागि ऊर्जाको पहुँच विस्तार, ऊर्जा सुरक्षा र व्यावसायिक परिप्रयोगमा जोड दिएका थिए ।

गोष्ठीमा फाउन्डेसनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले नवीकरणीय ऊर्जाको व्यावसायिक सम्भावनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै युवा जनशक्तिको बढ्दो विदेश पलायतलाई स्वदेशमै परिचालन गर्न नवीकरणीय ऊर्जाको परिप्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार कृष्ण अधिकारीले देशमा उपलब्ध नवीकरणीय ऊर्जाका प्रविधिहरुको विकास र विस्तारमा सरकारले प्रदान गरेको अनुदान नीतिका बारेमा प्रकाश पार्दै यसले विपन्न तथा दुर्गम भेगमा बस्ने समुदायको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने बताउनुभयो ।

गोष्ठीमा फाउन्डेसनका नीरज दाहालले नवीकरणीय ऊर्जा प्रविधिका बारेमा प्रकाश पार्नुभएको थियो भने कला तिमिल्सिनाले ऊर्जा र लैङ्गिक पक्षबीचको अन्तरसम्बन्धका बारेमा कार्यपत्र पस्तुत गर्नुभएको थियो ।

मैदी ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष रामप्रसाद अधिकारीको सभापतित्वमा भएको सो गोष्ठीमा पूर्व जिविस सदस्य कृष्ण अर्याल, नेपाली काँग्रेसका राजेन्द्र सिलवाल, नेकपा ९एमाले०का फणीन्द्र पौडेल र नेकपा ९माओवादी केन्द्र० का शालिग्राम अर्यालले गाउँको विकासमा नवीकरण ऊर्जाको प्रवद्र्धन आवश्यकतामा जोड दिनुभएको थियो ।

गोष्ठीमा स्थानीय सङ्घसंस्था, राजनीतिक दल, शिक्षक विद्यार्थी गरी करिब ५० जनाको सहभागिता रहेको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org