भूकम्पको बीस महिनासम्म टहरोको वास
मेलम्ची, २० पुस । भूकम्पले घर भत्किएपछि अहिलेसम्म अधिकांश पीडितको रात कटाउने थलो भनेको टहरो र त्रिपाल नै बनेको छ ।
सिन्धुपाल्चोक जिल्लाको अधिकांश र विभिन्न ठाउँमा भाडामा बस्ने तथा घर भत्किएपछि भूकम्पपीडित गत वर्षजस्तै यसवर्ष पनि टहारामा चिसो काट्न बाध्य छन् ।
भूकम्पमा घर भत्किएपछि फटकशिलाका सुदिप घोरासैनीको परिवार अहिलेसम्म पनि पालमा नै छन् ।
सुत्केरी भएकी श्रीमती र बच्चालाई चिसोबाट जोगाउन उनलाई हम्मेहम्मे परेको छ । चिसोे कारण बच्चा र सुत्केरी श्रीमतीलाई निमोनिया तथा चिसोबाट लाग्ने विभिन्न रोगबाट बचाउन मुस्किल परेको गुनासो पोख्छन् ।
भूइँको बास चिसोले अत्याधिक मार खेपेका पीडितसमक्ष भने अहिलेसम्म राज्यको आँखा पुग्न नसकेको भोटेचौर गाविस डाँडागाउँका रमेश चौलागाईँ बताउनुहन्छ ।
सरकारले दसैँको मुखमा बाँडेको रु ५० हजारले गाविसका अधिकांशले दसैँ खर्च चलाएको भन्दै चौलागाईंले सरकारले एकमुष्ट रकम उपल्ब्ध नगराएसम्म पीडितले स्थायी आवास पुनःनिर्माण गर्न नसक्ने बताउनुभयो ।
भूकम्पबाट विस्तापित भएर जिल्लाका अधिकांश वासिन्दा राजधानी गएका छन् । थातथलो मेटिएपछि शरण लिनका लागि राजधानी पुगेकी मेलम्ची नगरपालिका–१२ की गीता दाहालसहितको परिवार राजधानीको चुच्चेपार्टीमा बस्दै आएकी छन् ।
एउटा सानो रोजगारी पाएकी दाहाल आफ्नो सन्तानलाई शिक्षा दिनको लागि तथा गाउँमा बस्न घर नभएपछि राजधानीमा कोठामा बस्दै आएको बताउँछिन् ।
त्यस्तै हिमाली क्षेत्र भोटेनाम्लाङकी सम्झना भट्टराई पालमा बस्दै आएको २० महिना बितिसक्दा पनि घाम र पानीको कारण च्यातिएको त्रिपाल र टिनको छानामुनि जाडोको हावा छिर्ने तथा शीत पर्नै हँुदा निकै कठिन भएको गुनासो गर्नुहुन्छ ।
आर्थिक स्थिति बलियो हुनेले भने सरकारको अनुदानबाहेक नै घर बनाएको भए पनि धेरैजसो न्यून आर्थिक अवस्था भएका भूकम्पपीडितले अझै पनि सरकारको अनुदान पर्खाइमा छन् ।
पहिलो किस्ताको रकमले घर बनाउनको लागि निर्माण गरिने जग समेत बनाउन पर्याप्त नहुने पीडितको गुनासो छ । कतिले भने दसँैंको समयमा अनुदानको पहिलो किस्ताको रकम दिएकाले दसैँ खर्चको रुपममा अनुदानको रकम प्रयोग गरेकाले समेत अहिले आवास निर्माण हुन नसकेको बताउँदै आएका छन् ।
सरकारको अनुदानबाट आवास निर्माण गर्न नसकिने भएपछि अहिले जिल्लाको विभिन्न गाविसका भूकम्पपीडितले ऋण गरेरै भए पनि दिनरात खटेर भूकम्प प्रतिरोधात्मक घर बनाउनका लागि परेको मेलम्ची नगर विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।
Comments
अरु समाचार
-
तीन महिनामा राजस्व सङ्कलन १३ र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि
काठमाडौं । सरकार गठनपछिको तीन महिनामा राजस्व सङ्कलन १३ र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।...
-
अन्नपूर्णको आधार शिविर क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा पर्यटन व्यावसायी उत्साहित
काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको...
-
रविलाई विहान ३ बजे पोखरा पुर्याइयो, भोलि अदालतमा उपस्थित गराइने
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । शुक्रबार...
-
ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री
देउखुरी (दाङ)। वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ । उहाँको...
-
पक्राउ गरेपछि रविलाई पोखरा लगियो, ठूलो संख्यामा रास्वपाका नेता-कार्यकर्ता पछि लागे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेर पोखरा लगेको छ...
-
सहकारी ठगीमा रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी...
-
रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि...
-
रविलाई पक्राउ गर्न प्रहरीले अदालतबाट लियो अनुमति
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।जिल्ला प्रहरी कार्यालय, कास्कीले...
-
इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै
काठमाडौं । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका...