एमालेको शक्ति प्रदर्शनमा कुनकुन दलको साथ ?
काठमाडौं, २२ पुस । प्रमुख विपक्षी एमालेको नेतृत्वमा गठबन्धनका ९ दलले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गर्दैछन् ।
विदेशीको निर्देशनमा सरकारले राष्ट्रविरोधी संविधान संशोधन विधेयक ल्याएको भन्दै संघर्ष गर्दै आएका एमालेसहितका विपक्षी दलले काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्न लागेका हुन् । शक्ति प्रदर्शनको ‘ट्रेलर’स्वरुप एमाले एक्लैले बिहीबार काठमाडौंमा हजारौंको मोटरसाइकल र्याली निकालेको थियो ।
जनप्रदर्शनमा एमालेसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेपाल परिवार दल, बहुजन शक्ति पार्टी, नेपा: राष्ट्रिय पार्टी, मधेस समता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) सहभागी छन् । संसदमा नरहेको चुरेभावर राष्ट्रिय पार्टी (लोकतान्त्रिक)ले पनि विपक्षी सभालाई साथ दिएको छ ।
एमाले उपाध्यक्ष एवं ३ नम्बर प्रदेश ईञ्चार्ज अष्टलक्ष्मी शाक्यले डेढ लाख जनता सडकमा आउने दाबी गरिन् । ‘हामीले एक लाख जनता आउँछन् भन्ने आंकलन गरेका थियौं,’ उनले भनिन्, ‘तर, पार्टीले पाएको प्रतिबद्धताका आधारमा डेढ लाख नाघ्ने निश्चित भयो ।’
एमालेले दुई दर्जनभन्दा बढी भ्रातृ र शुभेच्छुक संगठनलाई अनिवार्य सबै सदस्यलाई उपस्थित गराउन सर्कुलर गरेको थियो । काठमाडौं उपत्यकामा मात्रै एमालेका ५० हजार संगठित सदस्य छन् ।
जनप्रर्दशनमा आउनुअघि विपक्षी ९ दलले काठमाडौंका ९ मुख्य तथा ३२ सहायकसहित ४० ठाउँबाट जुलुस निकाल्दैछ ।
प्रदर्शनअघि विपक्षी दलले उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा कोणसभा गरेको थियो ।
एमाले सचिव योगेश भट्टराईले सभाका लागि ५ सय स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । विपक्षी दलको सभा भए पनि स्वयंसेवक भने एमाले एक्लैले तयार गरेको छ ।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...