साठी घरको एउटा कुवा, तीनदिनमा एकगाग्री पानी
रमेश कुमार वली/सल्यान, २२ पुस । पानीको अभाव हुनु त सामान्य नै हो तर सल्यानको कुनै गाउँमा पानीको यति अभाव छ की त्यो सुन्दा पनि पत्याउनै गाह्रो हुन्छ ।
जिल्लाको कुपिन्डे गाविस–४ माथिल्लो ज्यामिरेमा पानीको चरम अभाव भएको छ । गाउँका ६० परिवारले प्रयोग गर्दै आएको कुवामा पानी सुक्दै गएपछि गाउँमा पानीको चरम अभाव भएको हो ।
गाउँको वरिपरि कुवाबाहेक अन्य कुनै स्रोत नहँुदा बस्ती नै सङ्कटमा पर्न थालेको छ । गाउँमा खानेपानीको अभाव हुन थालेपछि पशु चौपायासमेत सङ्कटमा पर्न थालेको स्थानीय बताउँछन् ।
पहिले यही कुवाबाट गाउँमा सबैलाई पानी पुग्ने थियो अहिले जनसङ्ख्या बढ्नुका साथै कुवा पनि सुकेपछि गाउँमा पानीको अभाव भएको स्थानीय रामबहादुर यरीले जानकारी दिनुभयो । गाउँमा आउने न त कुनै पानीको स्रोत छ, नत बोकेर ल्याउने ठाउँ छ, यरीले भन्नुभयो ।
गाउँमा भएको पानीको अभाव भएसँगै मानिस बसाइँ सर्न थालेका छन् । गाउँमा पानीको स्रोत भएन, मानिस ढोरपिपल र अन्य जिल्लामा बसाइँ सर्न थालेका छन्, स्थानीय वीरबहादुर विकले भन्नुभयो ।
“पहिले कुवामा पानीको मुहान ठूलो थियो, गाउँमा जनसङ्ख्या पनि कम थियो, अहिले मुहान सुकेको छ, बस्ती बढेकाले समस्या दिनप्रतिदिन बढ्दै गएको छ”, विकले भन्नुभयो ।
“बस्तीमा खानेपानीको अभाव भएपछि मानिस बसाइँ सर्न थालेको स्थानीयबासी रमेश विकले बताउनुभयो । गाउँमा खानेपानीको अभाव छ, अहिलेसम्म सात घर बसाइँ सरेर गइसके यहाँ बस्ने परिवारले पनि पशु चौपाया घटाउँदै छन्,” विकले भन्नुभयो ।
“पानीकै लागि एकजना परिवारको सदस्यको दैनिकी नै कुवामा कुर्ने हुन्छ, बिहान ३ बजेदेखि लाइन लागेर पनि पालो आउँदैन आए पनि तीन दिनमा एक गाग्री पानी आउँछ,” स्थानीय सुन्तली यरीले भन्नुभयो । पानीको अभावसँगै घरमा निर्माण गरिएका शौचालय समेत प्रयोगविहीन हुन थालेका छन् । रासस
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...