एमालेको राष्ट्रवाद हल्ला मात्रै !
घर,अफिस, कलेज जतासुकै पनि राजनीतिक गफ चलिरहँदा प्राय म मौन भएर सुन्छु । बेलाबेलामा वाद विवाद गर्नेहरुको गफ सुनेर झनक्क रिस उठ्छ । तर पनि चुपचाप नै सुनिरहन्छु । आफूले समर्थन गरेको पार्टीको नेताले जे गरे पनि ठीक, अर्काले राम्रो काम गरे पनि बेठिक । त्यस्तै गफमा अल्झिरहेका छन् अहिले युवाहरु । पछिल्लो समय आफ्नाले राष्ट्रघाती काम गरे पनि काँधमा बोकेर हिँड्ने राजनीतिक संस्कारको विकास भएको छ ।
विभिन्न समयमा दलहरुले परिस्थिति अनुकूल राष्ट्रवादको कार्ड प्रयोग गरेर राष्ट्रवादी बन्ने कोसिस गरे । काँग्रेसले कुनै समयमा राष्ट्रियताको नारा लगायो । माओवादीले पनि पहिलो संविधान सभामा सबैभन्दा ठूलो दलको हैसियतले सरकार चलाइरहँदा सेनापति प्रकरणमा काङ्ग्रेस एमालेले साथ नदिएपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर नागरिक सर्वोच्चताको नारा लगाउँदै सडकमा आएर राष्ट्रियताको नारा लगाएकै हुन् । हाम्रा राजनीतिक दलहरु राजनीतिक मौसम अनुकूल राष्ट्रवादको नारा लगाउँछन् ।
ओलीको राष्ट्रवादको चर्चा गरौँ :
पछिल्लो समय सङ्घीयता र सीमाङ्कनको विषयलाई लिएर विभिन्न क्षेत्रमा आन्दोलनका कार्यक्रम हुँदै आएका छन् । सङ्घीयतालाई देखाएर देश विभाजनतर्फ जान्छ भन्ने भ्रम छरिँदै छ । अहिले त्यसको नेतृत्व एमालेले गरिरहेको छ ।अहिले राष्ट्रवादका सम्बन्धमा आश्चार्यजनक भ्रम फैलाइएको छ । राष्ट्रवाद नाप्ने मापदण्ड के हो ? को राष्ट्रवादी अनि को राष्ट्रघाती ? कसलाई राष्ट्रवादीका रुपमा सम्बोधन गर्ने ? विभिन्न समयमा राष्ट्रघाती सम्झौता गरेकाहरु पछिल्लो समय एक्कासि कसरी राष्ट्रवादी भए ? नेताहरु भ्रम छर्छन्, कार्यकर्ता त्यसमै लट्पट्टिन्छन् । फेरि तिनै कार्यकर्ताहरु आफूलाई बौद्धिक ठानेर समाजमा प्रस्तुत हुन्छन् ।
नेपालमा विभिन्न समयमा राष्ट्रवादलाई आफू अनुकूल परिभाषित गरिँदै आएको छ । हिजो देशका सम्पदा बेच्न जिउज्यान फालेर लागेका एकाएक कसरी राष्ट्रवादी कहलिए ? यो देख्दा अचम्म लाग्छ । के राष्ट्रवाद पछिल्लो समय साच्चै मजाकको विषय बनेकै हो त ? यसरी राष्ट्रवादलाई आफ्नो समय अनुकूल व्याख्या गर्नु कदापि ठीक मान्न सकिँदैन ।
पछिल्लो समय केपी ओलीका समर्थकहरुले उनलाई राष्ट्रवादी भनी प्रचार गरे । पार्टीका दुई चार जना कार्यकर्ताले राष्ट्रवादी भनेर प्रचार गर्दैमा उनी राष्ट्रवादी नै भएका हुन् ? कुनै समय भारतकै नजिक भएर, उसैका संरक्षणमा हुर्किएका ओलीलाई अहिले राष्ट्रवादी भनेर कसरी मान्ने ? आफ्नै पार्टीका नेता मदन भण्डारीको हत्या हो या दुर्घटना भनेर जनतासामु स्पस्ट पार्न सकेका छैनन् । महाकाली सन्धि गर्दा पर्दा अगाडि काङ्ग्र्रेसलाई राखेर पछाडि बसेर महत्वपूर्ण भूमिका निर्वाह गरेर इतिहासमै ठूलो राष्ट्रघात गरेको कुरा कसैबाट छिपेको छैन । आज उनलाई केका आधारमा राष्ट्रवादी भन्ने । त्यही सन्धिका कारण एमाले पार्टी विभाजित भएको इतिहास हाम्रासामु छ ।
सत्ताबाट बाहिरिएपछि काठमाडौंमा स्वतन्त्र युवाहरुको प्रदर्शन भन्दै भातृसङ्गठनलाई उतारेको उनैले हो । स्पस्ट कुरा चाहिँ के हो भने ओलीले सत्ताबाट बाहिरिँदा मूलधारमा रहेका मिडियामा आफूप्रति सकारात्मक वातावरण चाहिँ बनाएकै हुन् । प्रचारात्मक रुपमा त्यो उनको ठूलै उपलब्धि थियो । मिडियामा आफूप्रति सकारात्मक परिस्थिति न यस अघिका प्रधानमन्त्रीले बनाउन सके न त्यसपछिका प्रधानमन्त्रीले बनाउन सक्लान् भनेर भन्न सक्ने स्थित छ ।
राष्ट्रवादी नेता एउटा पार्टीको हुन्छ कि सिङ्गो देश र जनताले मानेको व्यक्ति हुन्छ ? वर्णकै आधारमा मधेसी दाजुभाइलाई बिहारी देख्ने ओली साँच्चै राष्ट्रवादी नै हुन् ?
तसर्थ ओली राष्ट्रवादी व्यक्ति होइनन् । त्यसलाई इतिहासले प्रमाणित गरिदिएको छ ।
अहिले एमाले सत्ताबाट बाहिरिनुपर्दाको बर्बरता देखाउँदै छ । अफवाहलाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सक्ने मिडियामा जागिरे उसका कार्यकर्ता,एनजीओ रआईएनजीओबाट पोषित बुद्धिजीवी र अन्धभक्त कार्यकर्तालाई प्रयोग गरेर सत्तामा जाने चाल मात्र हो । त्यसो त अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादी होइनन्,यौटा पार्टीभित्र गुटको नेतृत्व गर्ने व्यक्ति कसरी राष्ट्रवादी हुन सक्छ ?
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...