अन्डा उत्पादनमा वृद्धि
रुपन्देही (तिलोत्तमा), २२ पुस । जिल्लामा अन्डा उत्पादनमा वृद्धि भएको छ ।
जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक डा प्रदीप पौडेलका अनुसार आव २०७१÷७२ मा जिल्लामा ५८ लाख ५९ हजार अन्डा उत्पादन भएकामा आव २०७२÷७३ मा ९१ लाख २० हजार अन्डा उत्पादन भएको थियो । चालु आवमा एक करोड ८० लाख अन्डा उत्पादन गर्ने लक्ष्य रहेको पौडेलले बताउनुभयो ।
लुम्बिनी अन्डा उत्पादक सङ्घका अध्यक्ष आनन्द भट्टराईले पछिल्लो समय दानाको मूल्य घटेका कारण अन्डा उत्पादनमा वृद्धि भएको बताउनुभयो । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा विनय कर्ण अन्डा, मासु र दूधमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्दैआएको बताउनुहुन्छ ।
जिल्लामा कुखुरापालन व्यवसाय फस्टाउँदै गर्दा अन्डाका लागि लेयर्स जातका कुखुरा पाल्ने क्रम समेत बढेको छ । बिक्रीको लागि यहाँ बजारको समस्या छैन् । हालसम्म जिल्लामा करिब ५०० कुखुरा फर्म दर्ता छन् । रासस
Comments
अरु समाचार
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...
-
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ५५ प्रतिशत काम सकियो
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...
-
पहेलो धातुको मूल्य हाल सम्मकै उच्च
काठमाडौं । बहुमूल्य पहेलो धातु(सुन)को मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला पाँच सय रुपैयाँले बढेको...
-
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढेन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...
-
पेट्रोलकाे प्रतिलिटर चार र डिजेलको पाँच रुपैयाँ मूल्य घटाइयो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको...