मिर्गौलापीडितलाई आर्थिक सहयोग
फलेवास (पर्वत), २४ पुस । लामो समयदेखि मिर्गौला रोगबाट पीडित बनेका पर्वतका तीनजना पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
सामाजिक सेवामा क्रियाशील मातृभूमिका लागि पर्वत सेवा समाज नेपालले तीनजना मिर्गौलापीडितलाई रु एक लाख १० हजार सहयोग गरेको हो ।
समाजले इजरायलमा सञ्चालन गरेको रामभक्त बचाउ अभियानबाट सङ्कलन गरेको रु ५० हजार र बाँकी रकम संस्थाको खाताबाट गरी रु एक लाख १० हजार रकम हस्तान्तरण गरिएको अध्यक्ष अर्जुनप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उक्त रकम कुश्मा नगरपालिका–१६ पिपलटारीका देवीबहादुर विक (रामभक्त) लाई रु ७० हजार, राम्जादेउराली गाविस वडा नं ३ गोतामेथर निवासी अनिता पौडेललाई रु २० हजार र कुश्मा नगरपालिका, खुर्कोट निवासी सङ्गीता शर्मालाई रु २० हजार रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण मिर्गौला रोगको गतिलो गरी उपचार गर्न नपाएका उनीहरुलाई थोरै भए पनि राहत मिलोस् भनेर सहयोग गरिएको हो ।
उक्त रकम शनिबार पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले पीडितलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा लामिछानेले मातृभूमिका लागि पर्वत सेवा समाज नेपालले यसअघि पनि सामाजिक क्षेत्रमा रहेर विभिन्न काम गर्देै आएको भन्दै आर्थिक स्थिति कमजोर रहेका तथा मिर्गौलापीडित परिवारको पहिचान गरी आर्थिक सहयोग हस्तान्तरण गर्नु निकै सराहनीय काम रहेको बताउनुभयो । रासस
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...