ताजा समाचार

अवरोधकाबीच संसद बैठक सञ्चालन

काठमाडौं, २४ पुस ।  नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक पेश भएको छ ।

सर्वोच्चका आदेशपछि संसदको आइतबारको बैठक सुचारु भएको थियो । लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो ।

संसद संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरु उठेर विरोध गरे ।

तर, सभामुखले कार्यसूची अगाडि बढाएपछि विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका छन् । विपक्षी सांसदहरुको होहल्लाका बीच सभामुखले संशोधनविरुद्ध परेको प्रेम सुवाल र चित्रबहादुर केसीको विरोधको सूचना अस्वीकृत भएको घोषणा गरिन् ।

लगत्तै कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक टेबल गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org