कारबाही अघि बढाउँदा स्थानीय विकास अधिकारीको काज सरुवा
कावासोती, २४ पुस । नवलपरासीका खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी बिक्री–वितरण गर्ने स्मृति निर्माण कम्पनीमाथि कारवाही अगाडि बढाएपछि स्थानीय विकास अधिकारी जीवलाल भुसाललाई काजमा अन्यत्र सरुवा गरिएको छ ।
जिल्ला अनुगमन समितिले तीन साताअघि केरुङ्गे खोलामा नदीजन्य सामग्री सङ्कलन गरी ओसारपसार गरिरहेको अवस्थामा २७ टिपरसहित ३० सवारीसाधन पक्राउ गरेर रु ६५ लाख जरिवाना तोकेको थियो । स्मृति निर्माण कम्पनी नवलपरासीको नाममा जरिवाना तोकेपछि १६ टिपरले रु ३५ लाख राजस्व बुझाएर छुटेका थिए भने अन्य टिपर कावासोतीस्थित इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।
सवारीसाधन पक्राउसँगै अधिकारी भुसालले केरुङ्गे खोलामा सङ्कलन गरिराखेका करिब रु ३० करोड बराबरको नदीजन्य पदार्थसमेत जफत गरेर लिलाम प्रक्रिया अघि बढापछि कारोबारमा संलग्न व्यवसायीले केही नेताको सहयोगमा उहाँको सरुवा गराउन पहल गरेका थिए । गत शुक्रबार स्थानीय विकास मन्त्रालयले धादिङ जिविसमा उहाँलाई काजमा पठाएको र सो ठाउँमा पञ्जीकरण विभागका उपसचिव युवराज कट्टेललाई पठाएको छ । अधिकारी भुसाल मङ्सिरको अन्तिम साता बाँके जिविसबाट सरुवा भएर यहाँ आउनुभएको थियो ।
यसैगरी योजना तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीलाई मन्त्रालय काज सरुवा गरिएको र पन्थीको स्थानमा स्थानीय विकास मन्त्रालयका यज्ञ पुरीलाई पठाइएको सम्बद्ध कर्मचारीले बताएका छन् ।
जिल्लामा सरुवा भएर आउने बित्तिकै आफूले राजस्व सङ्कलनलाई पहिलो र विकासका गतिविधिलाई दोस्रो प्राथमिकतामा राखेर मिसन चलाएपछि सीमित लाभको पछाडि लाग्ने केही नेता र व्यवसायीको असहयोगले सरुवा भएको अधिकारी भुषालको भनाइ छ ।
अधिकारी भुसालको सरुवा भए जिविस परिषद्को आर्थिक वर्ष २०७४÷७५ का लागि सञ्चालन गर्ने योजना र कार्यक्रमसमेत प्रभावित हुने भन्दै संयुक्त मधेसी मोर्चा नवलपरासीले प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो ।
अवैध रुपले प्रयोगमा ल्याइएका सामग्री जफत गर्ने प्रतिबद्धता नजनाएसम्म जिविसमा तालाबन्दी गरेर नयाँ अधिकारीलाई हाजिर हुन नदिने मोर्चाले चेतावनी दिँदै आएको छ । ती अधिकारीको सरुवाले स्थानीय विकासको पारदर्शितामाथि नै प्रश्न उठ्ने काम सरकारले गरेको दल यहाँका राजनीतिक दलको आरोप छ । रासस
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...