ताजा समाचार

लोकमान नियुक्ती गर्नेहरुले आत्मालोचना गरी माफी माग्नपर्छ : नेता नेपाल

इटहरी, २५ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लोकमानसिंह कार्कीलाई योग्य सम्झेर अख्तियारको प्रमुख आयुक्त नियुक्ति गर्नु गल्ती भएको बताएका छन् । इटहरीमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले अब सबै पार्टिका नेताले यसप्रति आत्मालोचना गरी माफी  माग्नपर्ने बताए । अयोग्यलाई सिफारिस हुनेलाई पनि कारवाही हुन्छ होलानी ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता नेपालले भन्नुभयो–आत्मालोचना भन्दा ठूलो माफी अरु के हुन सक्छ । गल्ती भयो भन्नु नै एकप्रकारको सजाय हो ।  फरक प्रसंगमा उनले  सभामुखले संशोधन  विधेयक छलफलका लागि टेबुल गर्नु गम्भीर त्रुटि भएको टिप्पणी गर्दै यसले संसदिय गरिमामा आँच पुगेको जिकिर गरे  । निर्वाचनको मिति घोषणा भएपछि मधेसकेन्द्रित दलपनि सहभागी हुने उनको भनाइ थियो । संविधान संसोधनमा प्रधानमन्त्रीले देखाएको हतारो कतैबाट निर्देशित भएको आरोप लगाउँदै नेता नेपालले संविधान कार्यान्वयनका लागि भने सबै पक्ष एक हुनु पर्ने उल्लेख गरे । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org