लोकसेवाद्वारा ११ सय १२ नायब सुब्बा माग
काठमाडौं, २७ पुस । लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहका लागि एक हजार एक सय १२ जना नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त आह्वान गरिएकामध्ये ४० प्रतिशत खुला प्रतिस्पर्धा र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाका आधारमा पदपूर्ति गरिनेछ । लोकसेवाले २१ दिनको म्याद दिएर ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो । आयोगकी सूचना अधिकारी गीताकुमारी होमगार्इंले निजामती सेवामा नयाँ जनशक्ति प्रवेश गराउने उद्देश्यका साथ दरखास्त आह्वान गरिएको जानकारी दिइन् । ‘आयोगको नियमित क्यालेन्डरअनुसार नै दरखास्त आह्वान गरिएको हो,’ उनले भनिन्, ‘बेरोजगार युवायुवतीका लागि सरकारी सेवामा प्रवेश गर्ने यो सुनौलो अवसर हो ।’
प्रशासन सेवामा सबैभन्दा बढी माग
आयोगले सबैभन्दा बढी प्रशासन सेवामा माग गरेको छ । प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरिएको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि पाँच सय ९२, लेखा समूहका लागि दुई सय २२ र राजस्व समूहका लागि ७७ जना माग गरिएको छ । यसैगरी, न्याय सेवातर्फ न्याय समूहका लागि एक सय ६०, सरकारी वकिल समूहमा १६ र कानुन समूहमा ६ जनाको माग भएको छ । यसैगरी, लेखा परीक्षण सेवाका लागि चारजना, परराष्ट्र सेवाका लागि पाँचजना र व्यवस्थापिका–संसद्का लागि खुलातर्फ १६ जना मागिएको छ भने आन्तरिक प्रतिस्पर्धाका लागि २४ जना मागिएको छ । यो माग भने व्यवस्थापिका–संसद् आफैँले पदपूर्ति गर्नेछ ।
पहिलो चरणको परीक्षा फागुनमा
आयोगले देशका विभिन्न नौवटा अञ्चल कार्यालय र पाँचवटा क्षेत्रीय निर्देशनालयमार्फत नायब सुब्बाको परीक्षा सञ्चालन गर्नेछ । खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा र दोस्रो चरणको वैशाखमा हुनेछ भने लिखित परीक्षाको नतिजा साउन–भदौमा तथा सिफारिस असोज महिनासम्म गरिने आयोगले जनाएको छ । नायव सुब्बा परीक्षामा सहभागी हुन न्यूनतम शैक्षिक योग्यता आइए उत्तीर्ण वा सोसरह हुनुपर्छ । १८ वर्ष पुगेका जोसुकैले दरखास्त दिन सक्नेछन् ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...