उच्च अदालतमा ८० न्यायाधीश नियुक्त
काठमाडौँ, २९ पुस । न्याय परिषद् बैठकले उच्च अदालतका लागि ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ ।
बिहीबार राति अबेरसम्म बसेको बैठकले ८० जनाको नाम सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले राससलाई जानकारी दिनुभयो ।
सिफारिस भएका न्यायाधीशहरुमा सहसचिव र विशिष्ट श्रेणी (कानुन, न्याय, सरकारी वकिल) का १६, जिल्ला न्यायाधीशबाट ३७ र नेपाल बार एसोसिएसनबाट २७ जना छन् ।
सिफारिस भएका न्यायाधीशमा न्याय सेवाका विशिष्ट कर्मचारीबाट राजेन्द्र सुवेदी, कृष्ण गिरी, श्रीकान्त पौडेल, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना रहनुभएको छ ।
त्यसैगरी, जिल्ला न्यायाधीश, न्याय र कानुन कर्मचारीबाट बालेन्द्र रुपाखेती, अजयराज उपाध्याय, बिनोद मोहन भट्टराई, भोलानाथ चौलागाईं, अच्युत बिष्ट, यज्ञराज भट्ट, शेखर पौडेल, बालचन्द्र शर्मा, ईश्वर आचार्य र रामप्रसाद अधिकारी रहनुभएको छ ।
साथै, गोपाल भट्टराई, रामप्रसाद ओली, जगतप्रसाद श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, नारायण पोखरेल, भोजराज अधिकारी, रमेशकुमार खत्री, दयानाथ खरेल, शेरचन्द्र अर्याल, शालिकराम कोइराला, विष्णुप्रसाद कोइराला, लक्ष्मीकृष्ण श्रेष्ठ, कृष्णकमल अधिकारी, चिन्तामणि बराल, अनन्तप्रसाद डुम्रे, राजेन्द्रप्रसाद खरेल, ठाकुरप्रसाद शर्मा पौडेल र हरिप्रताप रहनुभएको छ ।
त्यसैगरी, कृष्णबहादुर थापा, अच्युतकृष्ण भण्डारी, ऋषि अधिकारी, बलभद्र बास्तोला, टेकनारायण कुँवर, चन्द्रबहादुर सारु, धीरबहादुर चन्द, लेखनाथ पौडेल, बिपुल न्यौपाने, नातिबाबु लामिछाने, डा रवि शर्मा अर्याल र साधुराम सापकोटाको नाम सिफारिस भएको छ ।
कानुन व्यवसायीबाट गणेशप्रसाद बराल, सीताराम मण्डल, सुदर्शनदेव भट्ट, सुवास पौडेल, जनक पाण्डे, बामदेव ज्ञवाली, श्यामजी प्रधान, गोकर्ण डाँगी, बासुदेव आचार्य, सुशीप्रसाद थारू, मुनेन्द्रप्रसाद अवस्थी, मदन पोखरेल र श्यामप्रसाद सापकोटाको नाम सिफारिस भएको छ ।
त्यसैगरी, ध्रुव राजनन्द, दुर्गाबहादुर विश्वकर्मा, टङकप्रसाद गुरुङ, हरिप्रसाद पौडेल, राकेशकुमार निधि, तेजनारायण सिंह राई, बबिता उप्रेती, रामबहादुर थापा, शकुन्तला घिमिरे, नसुरल्लाह अन्सारी, दीपेन्द्रबहादुर बम र राज्यलक्ष्मी बज्राचार्यको नाम पनि सिफारिस भएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा परिषदका सदस्यहरु वैद्यनाथ उपाध्याय, रामप्रसाद सिटौला, पदमप्रसाद वैदिक र मन्त्री नायकसमेत उपस्थित बैठकले न्यायाधीश नियुक्तिका लागि अन्तिम नामावलीको टुङ्गो लगाएको हो ।
नेपालको संविधानअनुसार परिषदको सिफारिस अनुसार सर्वोच्च अदालतका प्रधान न्यायाधीशले उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्नुहुने प्रावधान रहेको छ ।
सात प्रदेशमा रहेका उच्च अदालतका लागि न्याय सेवा, सरकारी वकिल र जिल्ला न्यायाधीशबाट गरी ८० जना न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस भएको हो ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...