ताजा समाचार

पुनःनिर्माण सरकारको प्रथामिकतामा : कार्यबाहक प्रधानमन्त्री निधि

काठमाडौँ, २ माघ । कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाले आज ‘१९आँै भूकम्प स्मृति दिवस’का अवसरमा यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बताउनुभयो ।

उहाँले भूकम्पबाट जोगिनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले २०७२ सालको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै सबैले घर बनाउँदा भवन निर्माण आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सबै स्थानीय तहमा सरकारले भवन आचारसंहिता लागू गरेको जानकारी गराउँदै आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत सनतकुमार थापाले आफूहरुले निजी घरसँगै सरकारी घरलाई पनि भवन निर्माण आचारसंहिताको दायरमा ल्याएको बताउनुभयो ।

आज देशभरि नै ‘भूकम्पपीडितको सुरक्षाको आधार, भुइँचालो थाम्ने घर र पूर्वाधार’ भन्ने नाराका साथ १९औँ भूकम्प स्मृति दिवस मनाइँदै छ ।

सरकारले विसं १९९० माघ २ गते महाभूकम्प गएको सम्झनामा केही वर्षयतादेखि भूकम्प स्मृति दिवस मनाउँदै आएको छ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org