ताजा समाचार

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र पानी परियोजनाबीच समझदारी

 

सुर्खेत २ माघ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र दाईद्वारा परिचालित युएसएड नेपाल अन्तर्गतको पानी परियोजना विच समुदायमा आधारित रही समुदायकै नेतृत्व परिचालन गरी वातावरण परिवर्तन र स्वस्थ जैविक पूर्वाधारको संरक्षण गर्नका लागि दीर्घकालीन जलाधार व्यवस्थापन सम्बन्धी कार्य गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइराला र युएसएड नेपाल अन्तर्गतको पानी परियोजनाका प्रमुख एलेन टेलरले हस्ताक्षर गरेकाह्न ।
नेपालको आर्थिक आधार तथा जीविकोपार्जनमा पानीको महत्वपूर्ण भूमिका रही आएको छ । मध्यपश्चिमान्चल विश्वविद्यालय र पानि परियोजना प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै समावेशी तथा दीर्घकालीन आर्थिक उन्नतिका उपायहरुलाई बढावा दिंदै चरम गरिवी हटाउने सम्बन्धी कार्य गर्न सहमत भएका छन । नेपालमा रहेका जलाधारहरुको बहुउपयोग गर्दै वातावरनीय सन्तुलन कायम गर्दै जल आश्रित जैविक सम्पदाहरुलाई संरक्षण गर्नका लागि एकीकृत जलाधार व्यवस्थापन सम्बन्धी पाठ्यसामग्री तयार गरी विद्यार्थी,शिक्षक तथा जनस्तरमा चेतना जागरण गर्न दुवै संस्थाको पहल रहने छ ।
विश्वविद्यालयको अनुसन्धानको क्षेत्र, प्राज्ञिक उन्नयन तथा शिक्षक विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने गरी मध्य पश्चिमान्चल विश्वविद्यालय र दाइद्वारा परिचालित युएसएड नेपाल अन्तर्गतको पानी परियोजना विच तिन बर्षे समझदारी शुक्रबार भएको छ । जलाधार आश्रित स्थानीय सरोकारवालाहरुको ज्ञान,सिप र अनुभवलाई समेटेर दिर्घकालिन संरक्षण रणनीति निर्माणका लागि मध्यपश्चिमान्चल विश्वविद्यालयलाई जलाधार सम्बन्धी अध्ययन प्रयोगशालाका रुपमा विकशित गर्ने सम्झौताको मुख्य मर्म रहेको छ ।
अन्ततः विश्वविद्यालय शिक्षण, अनुसन्धान र रचनात्मक कार्यहरूद्वारा आम नागरिकहरू तथा सिङ्गो समाजको समृद्धिमा क्रियाशील बनाई प्राकृतिक स्रोत साधन दोहनको माध्यम बनाउन विभिन्न आधारहरु निर्माण गरी समग्र राष्ट्रको आर्थिक समृद्धि र दिगो विकासमा टेवा पुर्याउने गरी स्थलगत अध्ययनमा आधारित पाठ्यक्रमहरु निर्माण गरी विद्यार्थी,शिक्षक हरुको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्ने सम्झौतामा जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org