नेपालको परराष्ट्र नीति कतै ढल्किएको छैन : मन्त्री महत
वासिङ्टन डिसी, माघ २ गते । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ भनेर गम्भीर रुपमा सोच्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको पाँचौँ साधारणसभालाई शनिबार अमेरिकाको टेक्सास, डालासमा सम्बोधन गर्दै मन्त्री डा महतले नेपाल नयाँ संविधानको कार्यान्वयनमार्फत अब आर्थिक विकासको एजेन्डामा अघि बढ्न लागेकाले यो अभियानलाई सघाई समृद्ध नेपाल निर्माण गर्न विश्वका कुना काप्चामा रहेका नेपालीको भूमिका अहम् हुने धारणा राख्नुभएको मन्त्री महतका प्रेस संयोजक एकराज पाठकले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।
विगतमा द्वन्द्वलगायतका विभिन्न कारणले आर्थिक विकासका क्षेत्रमा पछि परेको नेपाललाई अब आर्थिक रुपमा अघि बढाउन सबै नेपाली एकसाथ र एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री डा महतले यो अभियानमा गैरआवासीय नेपालीको साथ र सहयोग महत्वपूर्ण छ भन्नुभयो ।
नेपालमा विगतमा जस्तै लगानीको वातावरण छैन भन्ने गरिएको तर त्यसमा सत्यता नरहेको बताउँदै मन्त्री डा महतले नेपालमा अब विदेशीहरु पनि लगानीका लागि आइरहेको र गैरआवासीय नेपाली पनि विकास अभियानमा आउनुपर्ने बताउनुभयो ।
हिजोआज नेपालमा राष्ट्रियताको विषयलाई अनावश्यक रुपमा उचालिएको र वर्तमान सरकारको विदेश नीति कहिले कता त कहिले कता ढल्किएको भन्ने गरिएकोतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो – “नेपालको परराष्ट्र नीति कतै ढल्किएको छैन, नेपालतर्फमात्र ढल्किएको छ ।
उक्त बैठकमा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा केशव पौडेलले उक्त सङ्घका क्रियाकलापबारे चर्चा गर्नुभएको थियो ।
साधारणसभामा अमेरिकाका विभिन्न १७ वटा च्याप्टर तथा उत्तर अमेरिका, क्यानाडालगायतबाट करिब ५०० जना एनआरएनएका सदस्यको सहभागिता रहेको छ ।
संयुक्त राज्य अमेरिका एनआरएनएको सबैभन्दा बढी सदस्य रहेको देश हो । यहाँ १० हजारभन्दा बढी सदस्य रहेका छन् । हाल अमेरिकामा कम्तीमा पनि तीन लाख नेपाली रहेका छन् ।
एक अनौपचारिक तथ्याङ्कअनुसार हाल अमेरिकामा नेपाली समुदायले मात्र कम्तीमा एक खर्ब आर्थिक लगानी गरेका छन् । टेक्सास राज्यमा मात्र एक हजारभन्दा बढी नेपालीको व्यवसाय रहेको छ ।
अमेरिकामा रहेका नेपालीले यहाँ ग्यास स्टेसन, सूचना प्रविधि, स्टोर, ब्युटिपार्लरलगायतका क्षेत्रमा लगानी गरेका छन् ।रासस
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...