ताजा समाचार

सपरिवार लिएर किन विदेश लागे लोकमान ?

काठमाडौं २ माघ। सर्वोच्च अदालतको आदेशबाट बर्खास्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की सपरिवार विदेश लागेका छन् ।

छोरा अभ्युदयमानसिंह कार्कीलाई शुक्रबार क्यानडा पठाएपछि लोकमानसिंह पत्नी सुनिता कार्कीलाई लिएर आइतबार बिहान दिल्लीतर्फ उडेका हुन् ।

आइतबार बिहान ९ बजेर ५ मीनेटमा नेपाल एयरलाइन्सको उडानबाट कार्की दम्पती दिल्लीतिर लागेका हुन् ।

कार्की परिवार दिल्लीमा स्वाथ्योपचारका लागि केही दिन बस्ने र त्यसपछि क्यानडा जाने कार्यक्रम रहेको स्रोतले बताएको छ । 

यसैवीच लोकमानसिंह कार्कीले आफ्नो र घरको सेक्युरिटीमा प्रयोग गर्दै आएका तीन दर्जनभन्दा बढी प्रहरीहरु हेडक्वार्टरमा हाजिर भएका छन् । उनीहरुलाई अख्तियारमा समेत नराखी हेडक्वार्टर तानिएको स्रोतको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org