ताजा समाचार

उर्जामन्त्रीको योजनामा जलविद्युतमा ओइरियो लगानी

काठमाडौँ,३ माघ । ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ११ करोड ७६ लाख ८५ हजार रकमको प्रतिबद्धता प्राप्त भएको छ ।  मन्त्रालयले अनलाइनमार्फत जलविद्युत् आयोजनामा लगानीका लागि पहिलो चरणमा नागरिकसँग प्रतिबद्धता जनाउन आग्रह गरेको थियो । मन्त्रालयकाअनुसार हालसम्म व्यक्तिगत रुपमा २१ हजार ८२४ जनाले लगानीको प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत रुपमा रु दुई अर्ब ५१ लाख तथा २१ वटा संस्थाले रु ६६ करोड १७ लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org