ताजा समाचार

२१ बाणिज्य र नौं विकास बैंकलाई आश्वा अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन धितोपत्र दरखास्त संकलन ‘आश्वा’कालागि २१ वटा बाणिज्य बैंक र ९ वटा विकास बैंकले अनुमति प्राप्त गरेको जनाएको छ।धितोपत्र बोर्डका अनुसार धितोपत्रमा लगानी गर्ने लगानीकर्ताले ३० बैंकका एक हजार ५ सय ७ शाखाहरूबाट यो सेवा लिन सक्ने छन्। हाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका बैंक र बिकास बैंकका मुगु र बाजुरा जिल्लामा शाखा कार्यालय नरहेकाले यी दुई जिल्ला बाहेक ७३ जिल्लाबाट आश्वा सेवा लिन सकिने धितोपत्र बोर्डले जनाएको छ। माघ ९ गतेबाट निष्कासन हुन लागेको फरवार्ड कम्युनिटी माइक्रोफाईनान्समा आश्वा प्रणाली परिक्षणको रुपमा लागु हुने छ। यसैबीच नबिल बैंकले पनि आश्वामार्फत धितोपत्र खरिद दरखास्त संकलनको लागी नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त गरेको जनाएको छ।  २१ बाणिज्य र नौं विकास बैंकले पाए आश्वा अनुमति, मुगु र बाजुरा बाहेक सबै जिल्लाबाट हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org