ताजा समाचार

आज उच्च अदालतका न्यायाधीशको सपथ ग्रहण लिने

काठमाडौं, ५ माघ । उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ८० जनाले आज सपथ लिँदैछन् । दिउँसो १ बजे सर्वोच्च अदालतमा आयोजित एक समारोहमा प्रधानन्यायाधीश, कानुनमन्त्री सहित सर्वोच्च अदालतका न्यायाधीशको उपस्थितिमा सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीशले ८० जना न्यायाधीशहरुलाई सपथ गराउने कार्यक्रम छ । मुलुक संघीय संरचनामा गएसंगै न्यायपरिषद्ले ७ प्रदेशको उच्च अदालतका लागि रिक्त पदमा ८० जनालाई न्यायाधीश सिफारिस गरेको थियो । यद्यपी न्यायाधीश नियुक्तीप्रति असन्तुष्टी जनाउदै सरकारी वकिल र नेपाल बार एशोसियसनले निर्णय पुर्नबिचार गर्न परिषद्लाई आग्रह गर्दै आएका थिए । परिषद्ले न्यायाधीश सिफारिस कानुनसम्मत भएको भन्दै निर्णय पुर्नबिचार नहुने बताइसकेको छ । सपथ ग्रहणपछि एक साताको प्रशिक्षण सकेर न्यायाधीशरु आ आफ्नो कार्यक्षेत्रमा जानेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org