ताजा समाचार

आज मन्त्रिपरिषद् विस्तार गरिने,को-को हुँदैछन् मन्त्री ?

काठमाडौं,६ माघ । प्रधानमन्त्री प्रचण्डले आज दुई मन्त्री आफ्नो मन्त्रिपरिषद्मा थप्दैछन् ।
मन्त्रीपरिष्द विस्तारमा समाजवादी पार्टीका नेता प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका कुमार खड्का मन्त्री हुनेछन् ।
उनीहरु दुवैलाई विहिबार नै सपथग्रहण गराइने तयारी छ । प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार आज दुई मन्त्री थपिनेछन् । तर, उनीहरुको मन्त्रालय भने टुंगो लाग्न वाँकी रहेको उनले बताए ।
राप्रपा र फोरम लोकतान्त्रिकलाई समेत समेटेर मन्त्रीपरिषद विस्तार गर्न चाहेपनि उनीहरुसँग अझै कुरा टुंगिएको छैन ।
प्रधानमन्त्री चौथो ठूलो दल राप्रपालाई उपप्रधानमन्त्रीसहित थप तीन मन्त्रालय, फोरम लोकतान्त्रिकलाई उपप्रधानमन्त्री दुई मन्त्रालय दिएर मन्त्रीपरिषद विस्तार गर्न चाहेका छन् ।मन्त्रीपरिषद् विस्तारमा राप्रपा अध्यक्ष कमल थापाले दोस्रो बरियता खोजेका छन् । त्यसै गरी पटक–पटक उपप्रधानमन्त्री भएको भन्दै फोरम अध्यक्ष गच्छदारले पनि बरिष्ठ उपप्रधानमन्त्री माग गरेका छन् ।
अहिले काँग्रेसबाट उपप्रधानमन्त्री भएका बिमलेन्द्र निधि प्रधानमन्त्रीपछि दोस्रो बरियतामा आफु रहनेसहित उपप्रधानमन्त्री हुनुपर्ने अडानमा छ । निधिको यो अडानले थापा र गच्छदारलाई सरकारमा लैजान कठिनाई भैरहेको र विकल्पको खोजि भैरहेको छ । राप्रपा र फोरम लोकतान्त्रिक सरकारमा गए थापा र गच्छदार सरकारमा सहभागी भए चार जना उपप्रधानमन्त्री हुनेछन् । संसदमा पेश भएको संविधान संसोधन प्रस्तावलाई पारित गराउन सत्तारुढ दल काँग्रेस र माओवादीले मन्त्रीपरिषद् विस्तारको योजना अगाडि सारेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org