ताजा समाचार

इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासमा नेपाल सहकार्य गर्न ईच्छुक छ : प्रधानमन्त्री

काठमाडौं,६ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले बिदाई भेट गरेका छन् । आफ्नो चार वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।

भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्पको विपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ ।  

इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासाग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे ।

बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्‍भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध विस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए । भेटमा राजदूतले नेपाललाई फ्रि र अन्एराएवल भिसाको व्यवस्था गरिएको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org