ताजा समाचार

आज बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्तावमा छलफल नहुने,विकास समितिले प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौं ७ माघ, । व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा विकास समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दैछ ।

बिभिन्न मितिमा बसेको समितिको बैठकले गरेका निर्णय, सरकारलाई दिइएका निर्देशन र त्यसको प्रगतिको अवस्थासहितको प्रतिवेदन संसदमा प्रस्तुत गर्ने समिति सभापति रविन्द्र अधिकारीले बताए ।
समितिको बिहीबार बसेको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे एलएमडब्लु कम्पनिसँग भएको सम्झौता पुनरावलोकन गर्न निर्देशन दिएको थियो ।

संसदीय समितिहरुले सरकारलाई बिभिन्न विषयमा निर्देशनहरु दिए पनि कार्यान्वयनको अवस्था भने सन्तोषजनक नरहेको समिति सदस्यहरु बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org